जनसंख्यामा ह्रास, बढ्दो तापक्रमको कारण ?

जनसंख्यामा ह्रास, बढ्दो तापक्रमको कारण ?


लण्डन । जापानका जनसंख्याबृद्धि हुनुको सट्टा जनसंख्यामा ह्रास आउन थालेको समाचार प्रकाशमा आएको छ । सन् २०१० सालमा सबैभन्दा बढी जापानको कूल जनसंख्यामध्ये एकलाख २३ हजार घटेको तथ्यांक प्रकाश पारेको छ । जनसंख्यामा ह्रास आउनको कारण गर्मी यामको अत्यधिक तापक्रम र असामयिक कष्टपूर्ण मौसमको परिवर्तनले भएको आशंका गरेका छन् । जापानको स्वास्थ्य मन्त्रालयका अनुसार सन् १८९९ देखि जनसंख्या अभिलेख राख्न थालेदेखि पहिलोचोटि पोहोर एकलाख जनसंख्या घटेको तथ्यांक प्राप्त भएको जनाएको छ । ८० प्रत्तिशत ६५ वर्षभन्दा माथिका उमेर भएका व्यक्तिहरु मृत्यु भएका थिए । सामान्यतया वर्षायाममा भन्दा हिउँदमा बृद्ध-बृद्धामानिसहरु बढी मृत्यु हुने गर्छन् । तर, विगत दुई वर्षयतादेखि जुलाई महिनातिर मानिसहरु बढी मृत्यु भएका तथ्यांकले देखाएको छ । ११३ वर्षको मौसम विभागको अभिलेखमा २०१० सालको गर्मीयाम सर्वाधिक गर्मी रहेको दर्शाएको छ । वास्तवमा जापानको जनसंख्या बृद्धिदर सन् २००५सालबाट घट्न थालेको थियो । वार्षिक बच्चा जन्मने दरमा दोश्रो विश्वयुद्धपछि पोहोर २७ लाखबाट घटेर जम्मा दशलाख सात हजारमा झरेको थियो । यसै हिसाबमा जन्मदर घट्दै जाने होभने सन् २०२०सालसम्म बच्चाहरु जन्मने वार्षिक दर सातलाखमा झर्नेछ भनेर विज्ञहरुले प्रकाश पारेको छ । एकातिर बच्चाहरुको जन्मनेदरमा कमी आउनु तथा अर्कोतर्फ बृद्धबृद्धाहरुको संख्यात्मक मृत्यु हुने क्रमले जापानको जनसंख्या घट्दै जानेछ भनेर जापानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । श्रोत – डेली योमिउरी, सुमल, मेस ।