कालिकोटमा फेरि लाग्यो ‘कर्फ्यु’

कालिकोटमा फेरि लाग्यो ‘कर्फ्यु’


म्यादी प्रहरी विवेक ऐडीको हत्याको घटनालाई लिएर लगाइएको दुई घण्टाको कर्फ्यु अर्काे आदेश नहुञ्जेलका लागि पुनः शुरु भएको छ ।

जिल्ला प्रशासन कार्यालयले बिहान स्थानीयवासीलाई आवतजावत तथा घरायसी काम गर्नका लागि दुई घण्टासम्म कर्फ्यु हटाइए पनि बिहान १० बजेदेखि पुःन शुरु भएको जिल्ला प्रशासन कार्यालयले बताएको छ ।

प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेका अनुसार बिहान १० बजेसम्म अवस्था हेरी स्थगित कर्फ्यु स्थिति नियन्त्रणमा नआउने अवस्था भएपछि पुनः अर्काे सूचना नहुँदासम्मका लागि थप गरिएको बताए । अहिले जिल्ला प्रशासन कार्यालयमा पीडित पक्ष, नागरिक समाज, राजनीतिक दल र प्रशासनबीच छलफल हुँदैछ ।

शनिबार जिल्ला प्रशासन कार्यालयमा छलफल भइरहेका समयमा आन्दोलनकारी म्यादी प्रहरीले प्रशासन अगाडि टायर बाल्नाका साथै ढुंगामुढा प्रहार भएपछि ४ बजेदेखि कर्फ्यु लगाइएको थियो ।

आन्दोलनकारीले शनिबार राति कर्फ्यु जारी भएका अवस्थामा सशस्त्र प्रहरी गण रहेको भवनमा आगजनी गरेका छन् । त्यहाँ सशस्त्र प्रहरी जुम्लाबाट बोलाइएको छ ।