विजेता टोलीलाई सम्मानसहित विदाई

विजेता टोलीलाई सम्मानसहित विदाई


धनगढीमा सम्पन्न फारवेष्ट पशुपति कपको उपाधि जित्ने टोलीको धनगढीमा सम्मान तथा विदाई गरिएको छ । धनगढीमा एक कार्यक्रमको आयोजना गर्दै तेस्रो संस्करणको विजेता वनेको आयोजक टोलीका खेलाडीहरुलाई सम्मान तथा विदाई गरेको हो ।

क्लवका अध्यक्ष खेम रावत महासचिव हरि वोहोरा सचिव ललीत मिश्र कोषाध्यक्ष दिपेश खड्का सहितका पदाधिकारीहरुले दोसल्ला ओडाएर सम्मान तथा विदाई गरेका हुन् । विजेता टोलीका प्रायजसो खेलाडी धनगढीभन्दा वाहिरका छन् । त्यसमा तीनजना विदेशी खेलाडी रहका छन् ।

लगातार तीन वर्षसम्म फाईनल पुगेको आयोजक फारवेष्ट पशुपतिले तेस्रो पटक फाईनल पुग्दा च्याम्पीयन वनेको हो । धनगढी रंगशालामा भएको फाईनलमा आयोजक फारवेष्ट पशुपति युवा क्लव पिएफए अत्तरीयालाई ट्राईब्रेकरमा ४–३ ले पराजित गर्दै च्याम्पीयन वनेको हो ।