कालीकोटमा कर्फ्यु हट्यो

कालीकोटमा कर्फ्यु हट्यो


यही पुस ७ गतेबाट कालीकोटमा लगाइएको अनिश्चितकालीन कर्फ्यु सोमबारबाट हटाइएको छ ।

प्रहरीको गोली लागेर म्यादी प्रहरीको मृत्यु भएपछि तनाव भएको कालीकोटमा सोही दिन (शुक्रबार) बाटनै कर्फ्यु लगाइएको थियो । घटनामा म्यादी प्रहरी विवेक एेडीको मृत्यु भएको थियो ।

पीडित पक्षले मृतकलाई शहीद घोषणा, उचित क्षतिपूर्ति व्यवस्था र म्यादी प्रहरीको तलबका विषयमा भएको विवादबारे छानबिन हुनुपर्ने माग राखेर अान्दोलन चर्काएपछि कर्फ्यु लगाइएको थियो ।

घटनाबारे छानविन गर्न गृह मन्त्रालयका सहसचिव डा. मानबहादुर विकको संयोजकत्वमा सरकारले गठन गरेको समिति कालीकोट पुगेपछि कर्फ्यु हटाइएको हो ।

समितले सोमबार नै दुवै पक्षवीच छलफल गर्ने छ ।