‘टाईगर जिन्दा है’ : बक्स अफिसमा तहल्का

‘टाईगर जिन्दा है’ : बक्स अफिसमा तहल्का


सलमान खान र क्याटरिना कैफ अभिनित फिल्म ‘टाइगर जिन्दा है’ले बक्स अफिसमा तहल्का मच्चाएको छ । दर्शकले निकै मन पराएको यो फिल्मले ओपनिङ कलेक्सन नै ३४ करोड गरेको छ । फिल्म यही पुष ७ गते शुक्रबार रिलिज भएको हो ।

एक्सन, रोमान्स, थ्रीलर र कमेडीले भरिपूर्ण ‘टाइगर जिन्दा है’ले रिलिजको भोलिपल्ट पनि ३५ करोड कलेक्सन गरेर फिल्म निर्माण पक्षलाई चकित तुल्याइदिएको छ । दिन–प्रतिदिन दर्शकलाई हलमा तान्न सफल यस फिल्मले क्रिस्मसको अघिल्लो दिन ४४.५ करोड कलेक्सन गरेर कीर्तिमान कायम गरेको छ । यसरी तीन दिनमा १ सय १४ करोड कलेक्सन गरेर यो फिल्मले आफूलाई सय करोडको क्लबमा सामेल गर्न सफल भएको छ ।

‘टाइगर जिन्दा है’ले यसरी नै साताभरि कलेक्सन गर्दै जाने हो भने दोश्रो सबैभन्दा बढी कलेक्सन गर्ने फिल्म बन्ने निश्चित भएको छ । अहिले यो फिल्मले बलिउडको सवैभन्दा सफल फिल्म ‘बाहुबली’लाई पछ्याइरहेको छ । ओपनिङ र ओपनिङपछिको कलेक्सनको रिपोर्ट हेर्दा टाइगर जिन्दा है बाहुबलीपछिकै सर्वाधिक सफल फिल्म बनेको छ ।

दर्शकले सोचेभन्दा फरक र सन्देशमुलक फिल्म भएकोले ‘टाइगर जिन्दा है’ले जबर्जस्त कलेक्सन गर्ने अनुमान गरिएको छ । यस फिल्मको कलेक्सन भारतमा मात्रै ६ सय करोड पुग्ने सम्भावनाहरू व्यक्त गरिएका छन् । सलमानको पारिश्रमिक बाहेक यो फिल्म निर्माण गर्न १ सय ३५ करोड लगानी भएको बताइन्छ ।