आफ्नो शाखा सञ्जाल बिस्तारको क्रममा प्राइम कमर्सियल बैंकले गोरखाको शहीद लखन गाउँपालिकामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखा सञ्चालनपछि बैकको कार्यालय संख्या ५२ पुगेको छ ।
स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा सोमबार एक समारोहका बीच बैंकका संचालक बासुदेव रिजालले शहीद लखनको जिल्ला गोरखाको घैरुङमा शाखा कार्यालय उदघाटन गरेका हुन् ।
इस क्रमलाई निरन्तरता दिँदै बैंकले आगामी दिनमा पनि शाखाको संजाल बिस्तार गर्दै लैजाने प्रतिबद्धता जनाएको छ । साथै बैंकले निक्षेपकर्ता तथा ग्राहकहरूलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफ्नो सेवालाई थप चुस्त, आत्मीय र ग्राहकमुखी बनाउने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया