यूकेको सबैभन्दा कमजोर नेट भएको ठाउँ

यूकेको सबैभन्दा कमजोर नेट भएको ठाउँ


लण्डन । यूकेको सबैभन्दा ढिलो तथा कमजोर ‘डाउनलोड स्पिड’ भएको रोड को नाम भर्खरै सार्वजनिक भएको छ । केन्टको क्यानबरीस्थित ‘रेल-वे हिल’मा देशभरिमा सबैभन्दा कमजोर ‘ब्रोडब्याण्ड डाउनलोड स्पिड’ भएको थाहा हुन आएको छ । त्यो स्थानमा औसत डाउनलोड स्पिड ‘०.१३ यमबी’ रहेको छ । त्यसको मतलव, एक औसत साइजको अर्थात् डेढ घण्टाको फिल्म डाउन लोड गर्नको लागि लगभग ४८ घण्टाको समय लाग्दछ ।

इसेक्सको क्लाकटन-अन-सीस्थित ट्युकस्बरी रोडमा भएको ब्रोडब्याण्ड औसत स्पिड ‘०.१४ यमबी’ दोस्रो ‘ब्याड एरिया’ हो । एक टेलिकम कम्प्यारिजन वेबसाइटले लगभग दश लाख टेस्टहरु गरेको थियो, जसले सार्वजनिक गरेको तथ्यअनुसार यूकेको ब्रोडब्याण्डको औसत डाउनलोडिंग स्पिड ‘६.२१ यमबी’ भएको थाहा लागेको छ, जो ‘रेल-वे हिल’को स्पिडको पचासौं गुणा ज्यादा तेज हो ।

टपटेन डटकमका डाइरेक्टरको भनाइअनुसार, ‘रेल.वे हिल’को स्पिड, ‘डायलिंग इन्टरनेट कनेक्सन’भन्दा केही मात्र तेज हो ।

-देब, मेस, श्रोतः द इन्डेपेन्डेन्स