एक गुर्खा सिपाहींद्वारा लासको शिरोच्छेदन

एक गुर्खा सिपाहींद्वारा लासको शिरोच्छेदन


लण्डन । हिजो सोमबार, यूकेको निक्कै लोकप्रिय दैनिक डेली स्टारले विश्वप्रसिद्ध गुर्खा खुकुरीको करामतको बारेमा एक सन्सनीखेज समाचार प्रकाशित गरेको छ । केर मुडी नामका सम्वाददाताले दिएका समाचारअनुसार २० वर्षीय एक गुर्खा सिपाहींले मरेका एक तालेबानी नाइकेको विश्व प्रसिद्ध खुकुरीको प्रयोग गरी टाउको छिनाएर आधार शिविरमा लिएर आएका थिए । अफगानिस्तानको हेलमण्ड प्रान्तमा तालेबान लडाकुहरुको विरुद्धमा गएको एक दस्तामा रहेका सो नाम नखुलाइएका बीस वर्षीय गुर्खा, सो लडाइँमा आफूहरुद्वारा मारिएका तालेबानी कमाण्डरको लास नै बोकेर सबुतको रुपमा आधार शिविरमा ल्याउने क्रममा तालेबानहरुका तर्फबाट खतरनाक किसिमले गोलीहरुको वर्षा भएकोले कमाण्डरको लासबाट शिरोच्छेदन गरी त्यसैलाई प्रमाणको रुपमा ल्याइएको बताइएको थियो ।
नेपाली वीरताको प्रतीक तथा गुर्खाको विश्व प्रख्यात चिन्ह बनेको खुकुरीको प्रयोग लासको टाउको छिनाउनका लागि गरिएको एकातिर खेदपूर्ण, अमर्यादित अनि अप्राकृतिक मानिएको छ भने अर्कोतिर मानवताविरुद्ध, तालेबानी धर्मको विरुद्ध रहेको पनि बताइएको छ । सो कार्यलाई गुर्खाहरुको अपमान वा खुकुरीको अपमान पनि सँगै ठानिएको छ । उक्त वीस वर्षीय गुर्खाले प्रतिशोधको भावनाले सो नगरेको मानिएको भए तापनि अधिकारीहरुले त्यस कार्यलाई गलत मानेका छन् । केहीअगाडि सोही प्रान्तमा एकजना गुर्खा दुर्इ अन्य अधिकारीहरुसहित मारिएका थिए ।
खासगरी शत्रूहरुको शिर छिनाएर आफ्नो रिस फेर्ने मुश्लिम (बाराम्बार इराक, अफगानिस्तानमा देखाइएका समाचारहरुका आधारमा)हरुले मुश्लिमको शिरबिनाको मृत शरीरलाई, धार्मिक मतअनुसार अति नै गहन अपमान र घोर कुलक्षण मान्दछन्, तिनीहरुले मृत शरीरका अन्य भागहरु नभए पनि शिरसहितको लासलाई पूर्ण लास मान्दै त्यसलाई गाड्ने गर्दछन् । अफ्गानिस्तानमा तालेबानबाहेकका अन्य मुश्लिमहरुले यस घटनालाई व्यक्तिगत रुपमा लिने आशंका गरिएको छ ।
उक्त बीस वर्षीय गुर्खालाई यूकेमा झिकाइएको छ र उनीविरुद्ध अब यहाँ कोर्ट मार्शल गरिने अनुमान लगाइएको छ । उनको सो कार्यका लागि उनकै रेजिमेन्टलगायत ब्रिटिश सेना तथा गुर्खा सेनाहरुबाट पनि गहिरो असन्तोष तथा खेद प्रकट गरिएको बताइएको छ ।
-श्रोत – डेली स्टार, सोमबार, मेस