न्याउरीमुसो मारेकोमा १५०० पाउण्ड जरिमाना

न्याउरीमुसो मारेकोमा १५०० पाउण्ड जरिमाना


लण्डन । एकजना झ्याल सफाई गर्ने सफाइकर्मीलाई न्याउरीमुसो पाशोमा पारी डुबाएर मारेको अभियोगमा अदालतले ऐतिहासिक कानूनी कारबाही अनुरुप १५०० पाउण्ड जरिमाना गरेको छ । रेमण्ड एलिअट नाम गरेको व्यक्तिले चरालाई चारो राख्ने आफ्नो टेबलमाथि न्याउरीमुसोको विगविगी देखेपछि पानीको भाँडोमा पाशो थापेर डुबाएको कुरा उल्लेख गरेका छन् ।

आरएसपीसीए (रायल सोसाइटी फर द प्रिभेन्शन अफ क्रूयल्टी टू एनिमल्स) लाई न्याउरी मरेको उजुरी परेपछि आरएसपीसीएले मृत न्याउरीमुसो परीक्षणका लागि पशु चिकित्सककोमा पठाएको थियो । पशु चिकित्सकको परिक्षणमा न्याउरी तड्पेर मरेको कुरा प्रकाशमा आएको थियो ।

सन् २००६ सालमा पारित गरिएको पशु कल्याणको कानून अन्तरगत हिजो ५८ वर्षीय एलिअटलाई कानूनी कारबाही गरिएको थियो । यस कानूनअन्तर्गत कारबाहीमा परेको उनी देशको पहिलो व्यक्ति हुन आएका छन् । आरएसपीसीएका अनुसार एलिअटले न्याउरीलाई पाशोमा पारेर नमारी पशु चिकित्सककोमा लैजानु पर्ने थियो, तर, उनले त्यसो गरेनन् । एलिअटको भनाई अनुसार आफूले पशुप्रति अमानवीय व्यवहार गरेको कुरा स्वीकार गर्दैनन् । एलिअट भन्छन् “यस्तो सामन्य कुरा देशभरि सबैले सधै गर्छन्, उनीहरुले मलाई उदहारण बनाएर उभ्याएका छन्” । पशु चिकित्सकको रिपोर्टमा न्याउरीमुसो मर्नलाई तीन मिनट लागेको आधारमा अघिल्लो सप्ताहमा उनलाई मुद्धा चलाइएको थियो । उनलाई डिसेम्बर २००९मा पशुलाई नहाकमा शारीरिक पीडा दिएर पशु मारेको अभियोगमा पकडाउ गरेपछि ६ महिनाको लागि कानूनी सर्त राखेर छाडेको थियो । उनलाई आरएसपीसीए संस्थालाई भरपाइस्वरुप १५४७ पाउण्ड भुगतान गर्ने अदालतले आदेश दिएको पनि थियो ।

आरएसपीसीएकी इन्स्पेक्टर लाउरा ब्रायान्टले भनिन्, “यस घटनाले ती व्यक्तिहरु जस्ले आफ्नो गार्डेनमा न्याउरीमुसो मार्नको लागि पाशो थाप्छन् उनिहरुका लागि एउटा गतिलो सन्देश पुगेको छ” र फेरि थपिन्, “डुबाएर मार्नु भनेको एकदमै सुस्तै यात्ना दिएर मार्ने प्रक्रिया हो जो कानूनको विपरित हुन आउँछ” । श्रोत – मेट्रो, सुमल, मेस