१ करोड १० लाखको ‘खप्तड गोल्डकप’ : तयारी युद्धस्तरमा

१ करोड १० लाखको ‘खप्तड गोल्डकप’ : तयारी युद्धस्तरमा


यही पुस २१ गतेदेखि माघ १ गतेसम्म धनगढीमा हुने दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण नेपाल आईस सुदुरपश्चिम खप्तड गोल्डकपको तयारी सुरु भएको छ । चौधरी ग्रुपको नेपाल आईसले मुख्य प्रायोजन गरेपछि आयोजक सुदुरपश्चिम ११ स्पोर्टस क्लब प्रतियोगिताको तयारीमा जुटेको हो ।

सुदुरपश्चिम ११ स्पोर्टस क्लबले पुष १० गते धनगढीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको वारेमा जानकारी गराएको छ । मुलुकै सर्वाधिक धनराशीको गोल्डकपलाई भव्य रुपमा आयोजना गर्न विभिन्न उप समितिहरु तिव्र रुपमा काम गरिरहेका छन । मुख्य प्रायोजकसँग सम्झौता सम्पन्न भएपछि अन्य प्रायोजकहरुको खोजी भैरहेको क्लवका अध्यक्ष सुरेश हमालले वताए ।

आयोजक क्लबका अध्यक्ष हमालले खेलकुदको विकासमा सहकार्य गरी सुदूरपश्चिमलाई खेलकुद पर्यटनको रुपमा स्थापित गरौं भन्ने मुल नाराका प्रतियोगिता आयोजना गर्न लागिएको बताए । त्यस्तै प्रतियोगिताको माध्यमले सुदुरपश्चिमको समग्र विकास विकास र खेल पर्यटनको विकास गर्न अघिल्लो वर्षदेखि थालिएको प्रतियोगितालाई भव्य रुपमा आयोजना गर्न कुनै कसर बाँकी नराख्ने संयोजक धुव्र भट्टराईले जानकारी दिए । पहिलो पटक प्रदेश नम्वर ७ मा कृतिम प्याराफिट वनाएर दर्शकहरुलाई खेल हेर्ने व्यवस्था मिलाइदै छ ।

करिव १ करोड १० लाख खर्च हुने गोल्डकपमा स्वदेश र विदेशकागरी १२ वटा टीमहरुको सहभागीता रहनेछ । नकआउटका आधारमा हुने प्रतियोगितामा रुस्लान थ्री स्टार क्लव, साविक विजेता लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लव, त्रिभुवन आर्मी क्लव, नेपाल एपिएफ क्लब, सिएमजी क्लव संकटा, च्यासल युथ क्लब, रमपम झापा ११, सहारा क्लव, अग्नि रुपन्देही ११, धरान फुटवल क्लव र आयोजक सुदूरपश्चिम ११ का टीम सहभागी हुनेछन । त्यस्तै भुटानको डुक स्टारले पनि प्रतियोगितामा सहभागिता जनाउने पक्का भएको छ ।

– सीताराम ओझा, धनगढी