समलिंगीको हत्या गर्ने छात्रालाई जेल सजाय

समलिंगीको हत्या गर्ने छात्रालाई जेल सजाय


लण्डन । पुरुष समलिंगीहरुप्रतिको घृणाको शिकार भएका एकजना पुरुष समलिंगीको मुखमा कुल्चेर उनलाई मारेको अपराधमा एकजना सरकारी स्कुलकी पूर्वछात्रालाई हिजो सात वर्षको जेल सजाए सुनाएको छ । ब्युटी थेरापी विषयको विद्यार्थी, रुबी थमस नाम गरेकी विद्यार्थी, त्यतिबेला १७ वर्षकी थिईन् जतिबेला तिनले लगातार उग्र भएर लात्तीले, मुक्काको प्रहारबाट पल्टिएका इयान बेन्हृयामलाई आफ्नो शरीरको पूरा वजनसहित इयान बेन्हृयामको मुखमाथि टेकेकी थिईन् । तिनलाई हिजो मान्छे मारेको अपराधमा ६ वर्षको कैद तथा समलिंगीहरुप्रति घृणा प्रदर्शन गरेकोमा थप एक वर्ष जेल सजा सुनाएको छ ।
रुबीको अर्को २० वर्षीय सहयोगी अपराधी जोयल अलेक्ज्यण्डर जसले मरणासन्न् हुने गरी इयानलाई मुक्का प्रहार गरी धराशायी गरेका थिए, उनलाई ६ वर्षको जेल सजाए सुनाएको छ । न्यायधिश रिचर्ड हकिन्स्ले हिजो ओल्ड बइलीमा …. यो बुद्धि नभएकाहरुले नशामा धुत भएर गरिएको हिंसात्मक अपराध थियो…. भनेर उद्धृत गरेका थिए । ६२ वर्षीय सरकारी कर्मचारी इयान बेन्हृयाम र उनका पुरुष साथी सेन्ट्रल लण्डनको ट्राफलगार स्क्वाएरमा पोहोर बसबाट ओर्लेका थिए त्यसबेला रुबी थमसले बेन्हृयामलाई समलिंगी भन्दै अश्लील गालीगलौच गरेर अपराधिक घटना सिर्जना गर्नलाई उक्साइकी थिईन् र अलेक्ज्यण्डरले एकै पन्च मुक्का हानेर इयानलाई ढालेका थिए । रुबी थमसले पहिले पनि नशामा मात्तिएर अपरिपक्व व्यवहार गरेको अभियोगमा तिनीमाथि मुद्धा चलाइएको कुरा पनि सुनवाइमा प्रकाश पारेको थियो । तिनले इयान बेन्हृयामको लैंगिक अस्तित्वलाई पनि चोट पुर्‍याएकी र उनीप्रत्ति आक्रामक बनेको कुरा न्यायधिशले सजाए सुनाउनु अघि भनेका थिए । पार्टटाइम कर्मचारी, १९ वर्षीय राचेल बुर्कलाई सेप्टेम्बर २००९मा सार्वजनिक जग्गामा लडाइ-झगडा गरेको अपराधमा २ सालको जेलसजा सुनाइसकेको छ । रुबी थमस, अनरली साउथ इष्ट लण्डनको एकजना वासिन्दा जसलाई हत्याको आरोपमा मुद्धा चलाइएको छ का छोरी हुन् । तिनले बेन्हृयामलाई मारेर एकघण्टा जतिपछि फेसबुकमा आफ्नो कुकृत्यको बखान गरेकी थिईन् । अपर नरवुड, साउथ इष्ट लण्डनमा बस्दै आएका अल्यक्ज्यण्डर र रुबी थमसलाई गतमहिना मुद्धा चलाइएको थियो । श्रोत – मिरर, मेट्रो, सुमल, मेस ।