लोक गायक राजु परियार प्रहरी हिरासतमा

लोक गायक राजु परियार प्रहरी हिरासतमा


काठमान्डौ । युवतीको विषयलाई लिएर मदिरा सेवन गरी पसल तोडफोड गरेको अभियोगमा लोक गायक राजु परियार पक्राउ परेका छन्। हिजो बिहीबार बेलुका काठमान्डौ नयाँ बसपार्कमा अत्याधिक मदिरा सेवन गरेका गायक परियारले युवतीको विषयमा विवाद भएपछि उक्त पसलमा तोडफोड गर्न थालेपछि गायक परियारलाई सोह्रखुट्टे प्रहरीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिने क्रममा परियारले प्रहरीमाथि हातपात गर्नुका साथै प्रहरी भ्यानमा समेत तोडफोड गरेका थिए ।

तोडफोड गरिएको पसल भने परियारकी प्रेमिकाको साथि भएको प्रहरीले जनाएको छ । परियारले पसलमा तोडफोड गर्न थालेपछि स्थानीयबासिन्दाले उनलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए ।

गायक परियार र तीन महिला महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा छन्। -मेस, काठमान्डौ।