शेयर बजारमा दोहोरो अंकको गिरावट

शेयर बजारमा दोहोरो अंकको गिरावट


यो साताको दोस्रो कारोबार अर्थात मंगलबार शेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार मापक सूचक २० दशमलव ५७ अंकले घट्दा बजार एकहजार सय ४७ दशमलव ११ अंकमा झरेको हो ।

कारोबारको सुरुवाती एक घण्टा बजार तिब्र घटेको भएपनि बजार १२ बजेपछि सम्हालिएको नेप्सेले जनाएको छ । एक घण्टामा १८ अंक घटेको बजार अन्त्यमा २० अंक खुम्चिदै बन्द भएको हो । ‘क’ बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४ दशमलव १५ अंकले घटेर तीनसय ४ दशमलव ८६ अंकमा झरेको छ । कारोबारको सुरुवातमा शेयर बजार तीन अंकले बढेको भएपनि त्यसपछि बजार लगातार घटेको थियो ।