‘ब्रा’ खोलेर जालीदार ‘ड्रेस’मा कीम

‘ब्रा’ खोलेर जालीदार ‘ड्रेस’मा कीम


चर्चित टेलिभिजन स्टार कीम कार्दसियन यतिबेला आफ्नो ‘ड्रेस’का कारण पुनः चर्चामा आएकी छिन् । बेला–बेलामा अत्यन्त छोटा र पारदर्शी पोसाक पहिरिएर चर्चामा आउनेगरेकी कीमले फेरि उही ब्यहोरा प्रदर्शन गरेकी छिन् ।

यसपटक किमले भित्री बस्त्र ‘ब्रा’ नलगाइकन माछामार्ने जालभन्दा पनि पातलो ‘ड्रेस’मा फोटो सेसन गरेपछि उनको चर्चा चुलिएको हो । यस्ता उत्तेजना जगायने जालीदार ड्रेसमा देखिनु कीमको लागि सामान्य कुरो भए पनि यसपटक उनले सबै सीमा तोडेकी छिन् । विना ‘ब्रा’ जालीदार ‘ड्रेस’मा क्यामराअगाडि आएर उनले आफुलाई अत्यन्त सेक्सी महिला सावित गर्न खोजेकी छिन् । अहिले कीमले सुट गरेका उत्तेजक तस्बिर सोशल मिडियामा निकै भाइरल बनेका छन् । सामाजिक सञ्जाल र मिडियाले पनि कीमका यी फोटो विशेष प्राथमिकता दिएर प्रकाशनमा ल्याएका छन् ।

थुप्रै इभेन्टमा यस्तै पारदर्शी र जालीदार ‘ड्रेस’ पहिरिएर आकर्षणको केन्द्रबिन्दु बन्दै आएकी कीम यसरी आफ्नो रेकर्ड आफैले तोड्न सफल भएकी छिन् । यस्ता डे«सका कारण बेलाबेलामा आलोचित हुँदै आएकी कीमले आफ्नो आदत छोड्न नसक्नुको कारण भने कसैले बुझ्न सकेका छैनन् ।
कीमले यसअघि न्युड अनि टपलेसमा फोटो सुट गरेर विश्वलाई नै चकित पारिसकेकी छिन् ।