प्रहरी हबल्दार श्रेष्ठ पक्राउ

प्रहरी हबल्दार श्रेष्ठ पक्राउ


सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा भएको आगलागीको घटनामा संलग्न रहेको आरोपमा आज एक जना प्रहरी हबल्दारलाई पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले सशस्त्र प्रहरी बल प्रधान कार्यालयका स्टोर शाखामा कार्यरत प्रहरी हबल्दार रामकृष्ण श्रेष्ठलाई आज पक्राउ गरेको हो ।

यही पुस ४ गते प्रधान कार्यालयको प्याराफिटमुनि रहेको स्टोरमा आगलागी भई महत्वपूर्ण कागजात र जिन्सी सामान जलेर क्षति भएको थियो ।

राससका अनुसार महाशाखाले पक्राउ परेका श्रेष्ठलाई आवश्यक कानुनी कारबाहीका लागि महानगरीय प्रहरी वृत्त स्वयम्भू पठाएको जानकारी दिएको छ ।