नेपालीहरुका गतिविधिमाथि एमपीबाट गम्भीर आरोप

नेपालीहरुका गतिविधिमाथि एमपीबाट गम्भीर आरोप


लण्डन । नेपाली आप्रवासीहरुको अत्यधिक चहलपहलले अल्डरसट र फार्नबोरोह क्षेत्रका सार्वजनिक सेवाहरुलाई गम्भीर असर पुग्न गएको धारणालाई पत्रिकामार्फत सा्वजनिक गर्ने सो क्षेत्रलाई प्रतिनिधित्व गर्ने एम पी जेराल्ड हावर्थको भनाइबाट यूकेको पनि खासगरी सो क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायहरु दुखित भएका छन् । सोही विषयलाई अति गम्भीरताका साथ लिएर प्रधानमन्त्रीसमक्ष व्यक्तिगत रुपमा नै नेपालीहरुका व्यवहारलाई गम्भीर रुपको समस्याको रुपमा दर्शाउँदै ज्ञापनपत्र दिने एमपीको सो क्रियालाई ब्रिटिश गोर्खा वेलफेयर सोसोइटीका महासचिव क्षेत्र राईले नेपालीहरुले यहाँ विविध रुपमा भोग्दै आइरहेका समस्याहरुमाथिको थप समस्या भएको भनाइलाई सार्वजनिक गरेका छन् ।
सन् २००९मा हाइ कोर्टले फैसला गरेअनुसार भूतपूर्व गुर्खा तथा तिनका आश्रित परिवारहरुलाई यूकेमा स्थायी बसोबास गर्न थालेका हुन् र सोही क्रममा रशमोर बोरोहमा सम्पूर्ण बासिन्दाहरुको १० प्रतिशत अर्थात् ९०००० जति नेपालीहरु रहन थालेका र तिनले सो क्षेत्रमा बसोबास गर्दै जीविकोपार्जन गर्ने क्रममा सामाजिक विविध क्षेत्रमा सकृय रहेकोलाई स्थानीय सामाजिक संरचनामा नै गम्भीर रुपमा प्रतिकूल असर पारेको आफ्नो सो ज्ञापन पत्रमा विशेष रुपमा खुलाउँदै यमपी हावर्थले खुलाएका छन्, जो गत मंगलबार नै प्रधानमन्त्री कार्यालयमा पठाइएको थियो ।
-देब, मेस, श्रोतः गेटहृयाम्सायर