[कविता]मेरो मन्दिर- गुरु केदार बराल

[कविता]मेरो मन्दिर- गुरु केदार बराल


सधैं बज्छ भजनको धुन
विश्व – ब्रम्हाण्ड त्यहीं हुन्छ
सधैं फैलन्छ मधुर धुप
स्वस्थ वास्ना त्यहीँ फैलन्छ ।
अपवित्र दिलका मनुवाहरु
थरथरी काम्न थाल्छन्
कुनियतका कति त
दर्शन गर्न डराउँछन् ।

धेरै पल्ट धेरै जनाले
मेरो मन्दिरका बारेमा बुझे
कति संचार माध्यमहरुले
वास्तविकताका बारेमा लेखे ।

म मरेर गए पनि
मेरो मन्दिर सदा रहनेछ
धर्म र संस्कृति मर्दै मर्दैन
बरु जागेर आउने छ
मेरो मन्दिर त्यस्तै हो
मेरो आत्मा त्यहीं हुन्छ
हरपल मेरो पवित्र मन
मन्दिरभित्रै खेलिरहन्छ ।

म जहाँसुकै जाउँ
म कर्तव्य भुल्दिनँ
मेरो मन्दिर चोखो छ
म विटुलो पार्दिनँ ।