उ.कोरिया फेरि द.कोरियाविरुद्ध युद्ध गर्न तयार

उ.कोरिया फेरि द.कोरियाविरुद्ध युद्ध गर्न तयार


लण्डन । कोरियाको इतिहासमा कोरिया प्रायद्विपमा प्राचीनकालदेखि तीनवटा राज्यहरुको प्रतिद्वन्दि्वता रहँदै आएको कुराहरु उल्लेख गरेको पाइन्छ । पछि गोरियो वंशको पालासम्म आउँदा कोरिया एउटा साम्राज्य बनेर फैलिसकेको थियो । शिला वंशको समयमा मन्चुरियासम्मा सामा्रज्यको विस्तार भइसकेको अभिलेख पाइन्छ । तर, मंगोलहरुले चीनमा युएन वंशको स्थापनासँगै कोरियालाई १३औं र १४औं शताब्दिमा ६ पटकसम्म आक्रमण गरेर मंगोल (युएन) साम्राज्यको अधीन रहेर तीरो तिर्न बाध्य बनाएको थियो । त्यसपछि कोरिया प्रायद्विपमा पटक-पटक वाह्य आक्रमण भइरहने र १९औं शताब्दिको अन्तदेखि वाह्य शक्तिको प्रभावमा प्रभावित भइ नै रह्यो ।

जापानले सन् १९१० देखि सन् १९४५सम्म आफ्नो अधीनमा राख्यो । दोस्रो विश्वयुद्धमा जापानमाथि दुइटा अणु बमको प्रहार भएपछि जापानिज साम्राटको आदेशमा जापानी सेनाहरु विनासर्त युद्धबाट फिर्ता बोलाइएको थियो, अर्थात् जापानले आफ्नो पराजय स्वीकार्नु पर्‍यो । युरोपमा हिटलरको मृत्युसंगै दोस्रो विश्वयुद्ध पनि समापन भयो । कोरिया प्रायद्विप एक पटक फेरि स्वतन्त्र हुन्छ । तर, दोस्रो विश्वयुद्धपछि कोरिया प्रायद्विपमा उत्तर कोरिया ३८ सामानान्तर रेखादेखि उत्तरपट्टिको भूभाग सोभियत रुसको मातहतमा गयो भने दक्षिण कोरिया ३८ सामानान्तर रेखाको दक्षिणी भाग संयुक्त राज्य अमेरिकाको प्रशासनमा अस्थाइ रुपमा प्रशासित रह्यो । कोरियालाई सिंगो राज्यको रुपमा स्थापना गरेर सोभियत रुस, चीन, यूके र अमेरिकाको देख-रेखमा कोरियाई जनतालाई सुम्पने योजना राखेर अस्थाइ रुपमा सोभियत रुस र अमेरिकाले नियन्त्रण गर्दै आएका थिए कोरिया । तर, कम्युनिष्ट विरोधी, शीत युद्धको प्रभाव र राजनीतिक कुटनीतिले गर्दा सन् १९४८मा केारिया दुर्इ भागमा विभाजित भएर दुइटा राष्ट्रमा टुक्रियो । तर, उत्तर र दक्षिण कोरिया व्यवहार आर्थिक, राजनीतिक तथा सामजिक रुपमा एकअर्काको विरोधी भएर उभिए ।

राष्ट्रसंघले २५ जुन १९५०मा (Republic of Korea) दक्षिण कोरियालाई वैधता प्रदान गरेको थियो । उत्तर कोरिया (Democratic People’s Republic of Korea) लाई चीनले सोभियत रुसको मदद्तमा साथ दिएका थिए भने दक्षिण कोरियालाई राष्ट्रसंघ (मित्र राष्ट्रहरु)ले समर्थन गरेका थिए । तर, उत्तर कोरियाले जुन २५, १९५०को दिनमा नै आक्रमण गरेर ३ वर्षे भयानक कोरिया प्रायद्विपको युद्धको शुरु हुन्छ । यस युद्धले झण्डै दोस्रो विश्वयुद्धको भनक् दिएको थियो । अन्तमा लाखौ लाख मानिसहरुको मृत्यु, अंगभंग हुदै अनगिन्ति घायल र युद्धको विध्वंसकारी बम, गोलाबारुदले अनेकौं बर्बरता ल्याएर कोरिया तहसनहस भयो । २७ जुलाई १९५३ को दिनको सम्झौताअनुसार त्यही ३८ समानान्तर रेखाको सिमाना निर्धारण गरी दुर्इ देशमा विभाजित भएको थियो ।

अहिले ५७ वर्ष भइसकेको छ । यस अवधिमा उत्तर कोरियाबाट दक्षिण कोरिया र मित्र राष्ट्रहरुलाई समय-समयमा धम्की दिँदै आएको छ र दुर्इ देशबीच मित्रता कायम हुन सकेको छैन । छिटपुट सिमानामा विवाद र गोली चल्ने घटनाहरु दुर्इ देशबीच घट्दै आएको छ । कोरियाको जनताहरुले एउटै कोरियामा आबद्ध हुने प्रयास पनि नगरेको होइन । पछिल्लो ओलिम्पक खेलमा एउटै टिमको छातामुनि रहेर कोरिया प्रायद्विपलाई प्रतिनिधित्व गर्ने प्रयासको बावजुद एक आपसमा शत्रुताको छवि भने जस्ताको तस्तै छ । विशेषगरी जापान र अमेरिकालाई उत्तर कोरियाको आणविक कार्यक्रमले चिन्तित बनाएको छ । उत्तर कोरियाको महत्वकांक्षी आणविक भट्टी निर्माण गरेर अणुबम बनाउने प्रयासलाई रोक्नको लागि अमेरिकाले धेरै समयदेखि छिमेकी राष्ट्रहरु र राष्ट्रसंघको सहयोगमा कोशिस गर्दै आएको छ । अमेरिकाका भूतपूर्व राष्ट्रपति जर्ज बुशले उत्तर कोरियाको क्रियाकलापलाई शैतानी सोंचको उपमा समेत दिएर टिप्पणी गरेका थिए । उत्तर कोरियाको आर्थिक हालत नाजुक रहेता पनि सैन्यबल र हतियार निर्माण गर्ने जस्ता क्रियाकलापले छिमेकी राष्ट्रहरुलगायत अमेरिकालाई चिन्ताको विषय बनेकोछ, कारण उत्तरकोरियाले पटक-पटक धम्की दिँदै आएको छ ।

यही सालको मार्चको २६ तारिखको दिनमा दक्षिण कोरियाको १०२ जना जलसेनाका कर्मचारी रहेका १२०० टनको जंगी जहाज उत्तरकोरियादेखि २० किलोमिटर नजिकको समुन्द्रमा पैट्रोल ड्युटी गरिरहेको दौरान डुबेको घटनाले दुबै देशमा तनाव सृजना हुँदै आएको छ । दक्षिण कोरियाले उत्तरकोरियाको पन्डुब्बीले डुबाएको आशंकामाआक्षेप लगाएकोछ भने उत्तर कोरियाले स्वीकार गरेको छैन । त्यस घटनामा ५८ जना दक्षिण कोरियाली जलसेनाका मानिसहरु हाताहात भएका थिए । यसै तनावको क्रममा अहिले दक्षिण कोरियाली जलसेना र अमेरिकी जलसेनाको संयुक्त बृहत सैन्य अभ्यास त्यस क्षेत्रमा र जापानी समुन्द्रमा हुने योजना बनाएको छ । यस जलसेनाको सैन्य अभ्यासमा अमेरिकाका शक्तिशाली जंगी हवाइजहाज वाहक, अणुशक्तियुक्त यूएसएस जंगी जहाज र अरु २०वटा जंगीजहाजहरुको सहभागितामा उत्तर कोरियाको धम्कीको जवाफमा भाग लिने भएका छन् ।

हिजो उत्तरकोरियाको प्रमुख राष्ट्रिय प्रसारणले यही आउँदो सैन्य अभ्यासलाई लक्षित गरेर उत्तर कोरिया आफ्नौ शैलीको पवित्र युद्ध दक्षिण कोरिया र अमेरिकासँग आवश्यकता परे लड्ने धम्की दिएको छ । “उत्तर कोरियाका जनता र सेना साम्राज्यवादी अमेरिका र कठपुतली दक्षिण कोरियाको सेनासँग लडाइको सिर्जना भएमा आफ्नैखाले अणुशास्त्रको प्रयोग गरेर कुनै पनि समय जवाफी लडाइ लड्न तयार छ” भनेर प्रत्यक्ष जलयुद्ध लड्न तयार रहेको प्रसारण गरेको छ । अमेरिकी विदेश सचिव हिलारी क्लिन्टनले वाशिंगटनले अब नयाँ प्रविधिको हतियार आयात गर्ने विषयमा उत्तर कोरियालाई रोक लगाउने कुरा व्यक्त गरेकी छिन् । स्रोत – नेट, सुमल, मेस ।