पारसको जन्मदिनमा भजन र पूजा

पारसको जन्मदिनमा भजन र पूजा


पूर्वयुवराज पारस शाहको ४७औँ जन्मदिनको अवसरमा भजन, चण्डीपाठ तथा अन्य पूजाआजा गरिने भएको छ । समाजसेवी राधेश्याम थापाका अनुसार पूर्वयुवराज पारसको सुस्वास्थ्य तथा दीर्घायुका लागि विभिन्न धार्मिक अनुष्ठान गर्न लागिएको हो । यसअघिका जन्मदिनहरूमा झैँ यसपटक पनि सबै प्रकारका कार्यक्रम गरिनेछ । पूर्वयुवराजको जन्मदिनमा पूजा गरी प्रसाद ग्रहणका लागि उहाँसमक्ष पु¥याइने राधेश्याम थापाले बताउनुभयो ।

प्राप्त जानकारीअनुसार यही पुस १५ गते विशालनगरस्थित शिवानन्द आश्रमस्थित नेपालेश्वर महादेवमा पूजापाठ गरिनेछ । चण्डीसहितको उक्त पूजाका लागि श्रीमती भेषराज्यलक्ष्मी सिंह र श्रीमती सीताबाई रोका, निर्मला महत गुञ्जन र डा. पुष्पा रञ्जितले सौजन्य गर्नुभएको छ । राधेश्याम थापाको अग्रसरता र मातृशक्ति नेपाललगायतको संलग्नतामा प्रत्येक वर्ष पूजापाठ गरी राजपरिवारका सदस्यको जन्मदिन मनाउने गरिएको छ । पूर्वयुवराज पारस मुलुकबाहिर रहँदा पनि उहाँको जन्मदिनमा मुलुकमा विभिन्न कार्यक्रम गर्ने गरिएको थियो ।