चलचित्र ‘मृगतृष्णा’ को सुटिङ समाप्त

चलचित्र ‘मृगतृष्णा’ को सुटिङ समाप्त


लण्डन । निर्देशनमा तुलसी घिमिरेको चलचित्र ‘मृगतृष्णा’ सुटिङ सकिएको छ । पूर्णतः बेरोजगार युवाहरूको कथालाई प्रस्तुत गरिएको यो फिल्मको सुटिङ काठमाडौं र सिक्किमका विभिन्न स्थानमा छायांकन गरिएको थियो । यस चलचित्रमा विराज भट्ट, धुर्ब दत्त, कर्म, नन्दिता के सी र हेमन्त बुढाथोकी का प्रमुख भूमिका रहेको छ । सो चलचित्रमा निर्माता कमल दाहाल, गायत्री भुटिया र हेमन्त बुढाथोकी हुन् । संगीत शम्भुजीत बास्कोटाको र द्वन्द निर्देशक रोसनको रहेको छ । तुलसी घिमिरेबाट निर्देशित यस चलचित्रबाट आफ्नो फिल्मी क्यारियर निक्कै नै अगाडि बढ्ने यूकेमा बसोबास गर्ने नेपाली कलाकार ध्रुव दत्ताको विश्वास रहेको छ ।
-देब, मेस