[गजल]खास बन्नु छ तिम्रो

[गजल]खास बन्नु छ तिम्रो


-आशीष साम्पाङ (महेश)
जन्म-जन्म साथ दिने एउटा खास बन्नु छ तिम्रो
जिन्दगीको खुशी, वहार, मधुमास बन्नु छ तिम्रो

जस्तो सुकै हूरी, वतास, आँधी चलोस् विछोडको
चोखो प्रेम र न्याँनोपनको बाहुपास बन्नु छ तिम्रो

बाचुन्जेल संगै रहने आत्मा जस्तो मीठो मिलन
हरपलको ढुकढुकी र श्वास बन्नु छ तिम्रो

पिरतीको दुनियाँमा मात्र एउटा माया ठूलो
यही मायाको नै आश्रय-बास बन्नु छ तिम्रो

सधैँभरि खुशी फुल्ने सानो-सुखी संसार राम्रो
त्यही सानो फूलवारीको निवास बन्नु छ तिम्रो