दोलखा बैतेश्वर पुग्यो प्राइम कमर्सियल

दोलखा बैतेश्वर पुग्यो प्राइम कमर्सियल


शाखा सञ्जाल विस्तारको क्रममा प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिकास्थित मैनापोखरीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । स्थानीय उद्योगी, व्यवसायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीको उपस्थितिमा आयोजित समारोहबीच बैंकका सञ्चालक दिनेश श्रेष्ठले शाखा कार्यालय बैतेश्वरको दोलखा मैनापोखरीमा उद्घाटन गरेका हुन् । उक्त शाखा सञ्चालनपछि प्राइम कमर्सियल बैंकको कार्यालय सङ्ख्या ५३ पुगेको बैंकले जनाएको छ । बैंकले निक्षेपकर्ता तथा ग्राहकहरूलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफ्नो सेवालाई थप चुस्त, आत्मीय र ग्राहकमुखी बनाउने योजना रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरले जानकारी दिएका छन् ।