सनराइज बैंक लि.ले प्रदेश नं ४ स्थित कास्कीको रुपा गाउँपालिका–५ मा नयाँ शाखा स्थापना गरेको छ । हिजो मंगलबार आयोजित कार्यक्रमबीच बैंकका नायब महाप्रबन्धक अपछकुमार यादव र गाउँपालिका अध्यक्ष नवराज ओझाले संयुक्त रुपमा शाखा उद्घाटन गरेका हुन् । हाल सो बैंकले नेपाल अधिराज्यभर ७१ वटा शाखा र ८७ वटा एटिएममार्फत ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ भने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, चितवन मेडिकल कलेज नारायणगढ र मलेसिया भिएलएन काठमाडौंमा एक्सटेन्सन काउन्टर तथा अधिराज्यका विभिन्न स्थानमा १७ वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा रहेका छन् ।
प्रतिक्रिया