भोको पेट खोज्दै जाँदा

भोको पेट खोज्दै जाँदा


लण्डन । आर्थिक विकाशमा संसारको नयाँ शक्ति भएर उदय भइरहेको भारतले आफ्नो सिक्काको अर्को पाटालाई भुल्न गएको हो वा वास्ता नराखेको यो अहिले बुझिरहेको छैन । भारतको देशभरिका बच्चाहरुको आधा भाग अफ्रिकाको सहारा मरुभूमि क्षेत्रवरिपरि बसोबास गर्ने विश्वले पहिचान गरिएको खाद्यान्नका लागि संकटग्रस्त र खाद्यान्नबाट वंचित मानव समुदायभन्दा खस्किएको अवस्थामा बच्चाहरु कुपोषणको शिकार भएको जानकारी प्रकाशमा आएको छ ।
सन् २००९ सालमा इन्टरनेशनल फुड पोलिसी रिसर्च इन्स्टिट्युटले दर्शाएको ग्लोबल हङ्गर इण्डेक्स (विश्व भोक सूचकांक)मा भारत ८८वटा राष्ट्रहरुमा ६६औं स्थानमा थियो । सन् २०१०मा ८५वटा राष्ट्रहरुमध्ये खस्किँदै ६७औं स्थानमा झरेको छ । सन् २००९को मार्च महिनामा सम्प्रेषन गरेको वर्ल्ड फुड प्रोग्रामको प्रतिवेदनमा भारत २३ करोड (विश्वको झण्डै एक चौथाइ) भोको रहने मानिसहरुको घर भएको राष्ट्रमा पर्दछ भनेर प्रकाश पारेको छ । साढे ४५ करोड मानिसहरु भारतमा अहिले अमेरिकी एकडलर पच्चिस सिलिङ अर्थात् भारु ५६ एक दिनको आयमा बाँचिरहेका छन् । यो सन् १९८१मा देखाएको ४२ करोड जनताभन्दा बढी संख्या हुन आउँछ । भारत सरकार प्रत्येक नागरिकले खानाको अधिकार पाउनुपर्छ भन्ने कुरामा प्रतिबद्धता रहेको जनाउँदै खानाको अधिकारबारे कानून ल्याउने कुरामा प्रत्येक कोणबाट कोशिस गर्दै प्रतिबद्धता रहेको जनाएको छ । हिन्दूस्तान टाइम्सले यस सन्दर्भमा बेला-बेलामा प्रकाश पार्दै आएको छ । श्रोत-हिन्दूस्तान टाइम्स्, सुमल, मेस ।