यी जिज्ञासाका जवाफ छन् कि रोकायाज्यूसँग ?

यी जिज्ञासाका जवाफ छन् कि रोकायाज्यूसँग ?


– सुुशील देवकोटा

हालै नेपालको प्रतिष्ठित राष्ट्रिय साप्ताहिक ‘घटना र विचार’ पत्रिकामा डाक्टर केबी रोकायाको अन्तर्वार्ता पढ्ने अवसर प्राप्त भयो र सँगै यही अन्तर्वार्ताको भिडियो हेर्नेसमेत अवसर पाइयो । त्यस अन्तर्वार्ताबाट तत्कालीन माओवादी आन्दोलनका विभिन्न पक्षलाई थप स्पष्टताका साथ बुुझ्ने सुुअवसर पाइयो । विशेषगरी एउटा सामान्य र इमानदार मान्छे त्यतिबेलाको व्यवस्थाले बनाएको लथालिङ्गे अवस्थाबाट आजित भएर कसरी, कुुन अवस्था र मानसिकतामा माओवादीलाई समर्थन गर्न पुगेका थिए भन्ने विषयमा बुुझ्न चाहनेहरूलाई प्रस्तुुत अन्तर्वार्ताले धेरै खुुराक पस्केको छ ।

केबी रोकाया त एउटा उदाहरण मात्रै हुुन्, त्यस्तै अवस्था र मानसिकतामा त्यतिबेला माओवादीलाई धेरैले समर्थन गरेका थिए भन्ने बुुझ्न पनि कुुनै कठिनाइ हुुुँदैन प्रस्तुुत अन्तर्वार्ता हेरिसकेपछि वा पढिसकेपछि । प्रथमतः यस्तो जानकारीमूूलक गहकिलो अन्तर्वार्ता दर्शक र पाठकसमक्ष ल्याइदिनुहुुने सुुप्रसिद्ध वरिष्ठ पत्रकार र राजनीतिक विश्लेषक देवप्रकाश त्रिपाठीलाईजीलाई मनको सतहदेखि नै धन्यवाद ज्ञापन गर्दछुुु ।

छापा र दृश्य दुुवै माध्यममा उपलब्ध डा. केबी रोकायाको उक्त अन्तर्वार्तामार्फत उहाँको सङ्घर्षको बारेमा थाहा पाइयो, उहाँलाई अझ नजिकबाट चिन्न पाइयो र सँगै उहाँको विचारहरू सुुन्न पाइयो । यी सबै अवस्था पार गरिसक्दा पनि मनमा भएका केही कुतूहल मेटिएनन् र बरु प्रश्न बनेर वा भनौँ थप जान्ने जिज्ञासा बनेर अगाडि आए । डा. रोकायाले यी जिज्ञासालाई अन्यथा नलिई आफूलाई सहज र अनुुकूल परेको समयमा मलाई र मजस्तै यदि अन्य कसैको मनमा पनि यस्तै प्रश्न वा जिज्ञासा जन्मेको भए तिनीहरूको समेत चित्तलाई शान्त हुुने गरी जवाफ दिनुुहुनेछ भन्ने अपेक्षासहित केही जिज्ञासा राख्ने अनुुमति चाहन्छुु ।

अन्तर्वार्ता हेरेपछि थाहा पाइयो कि रोकायाज्यू क्रिश्चियन धर्म मान्नुहुँदोरहेछ । कृपया बताइदिनुस् यो धर्म तपाईंंको जन्मजात नै हो कि पछि अपनाउनुभएको ? यदि जन्मजात नै हो भने तपाईंंको पूरा नाम कालीबहादुुर रोकाया क्षेत्रीले यो किन जनाउँदैन ? र, यदि पछि अपनाउनुभएको हो भने तपाईंं त एसएलसीमा बोर्डमा दशौँ स्थानमा आउनुभएको ज्ञानी र विवेकी मान्छेले के त्यस्तो आकर्षण त्यो धर्ममा देख्नुभयो र पाउनुुभयो कि मन्दिरको घन्टी बजाउने हातलाई गिर्जाघरको घन्टी बजाउने हातमा परिवर्तन गर्नुुभयो ?

यही एउटा अर्को जिज्ञासा पनि राखिहाल्नु उपयुुक्त होला । तपाईंंले भन्नुुभएको छ– तत्कालीन देशको अवस्था र त्यतिबेलाका नेताहरूको कार्यशैलीले तपाईंं यस हदसम्म असन्तुुष्ट हुुनुुभयो कि तपाईंंले माओवादीलाई समर्थन गर्न पुुग्नुुभयो । जब कि तपाईंंले माओवादीलाई समर्थन गर्दा कतिपय माओवादीका माग त स्वयम् तपाईंंले नै बुुझ्नुुभएको थिएन । जसमध्ये दुुई प्रमुुख हुुन्– गणतन्त्र र धर्मनिरपेक्षता । तपाईंंले आफैँ भन्नुुभएको छ, एउटा कार्यपत्र तयार गर्ने सिलसिलामा बल्ल धर्मनिरपेक्षताको बारेमा तपाईंंले स्पष्ट रूपमा बुुझ्नुुभयो र हाल आएर राजतन्त्रको महत्व र आवश्यकता पनि बुुझ्दै हुुनुुुहुुन्छ । मेरो जिज्ञासा यहीँनेर हो रोकायाज्यूू, आफूले आफ्नो योग्यताअनुुसारको क्षमता नपाएकै झोकमा माओवादीको मागलाई कुुनै विश्लेषण नै नगरी अझ राम्रोसँग बुुझ्दा पनि नबुुझी उनीहरूलाई अन्धो समर्थन गरेर देशलाई हिंसा र द्वन्द्वको चपेटामा हाल्न समर्थन जनाउनुुलाई देशभक्ति वा परिवर्तनगामी सोच कसरी भन्ने ? स्वार्थी सोच किन नभन्ने ?


तपाईंंले भन्नुुभएको छ माओवादीको मुुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न तपाईंले धेरै विदेशी चर्चको सहयोग लिनुभयो । विदेशी चर्चहरूको त्यसरी सहयोग लिँदा उनीहरूले पक्कै निस्वार्थ सहयोग गरिरहेका छैनन् र गर्दैनन् । अनि भोलि उनीहरूको नुनको सोझो गर्नुुपर्ने अवस्था आउँछ भन्ने सोच्नलाई तपाईंंजस्तो इमानदार र बुुद्धिजीवी मान्छे कसरी चुुक्नुुभयो रोकायाज्यूू ? आज हाम्रो देश नेपालमा इसाईहरूको प्रभुुत्व बढ्दै छ र सोझासीधा जनतालाई भड्काएर, लोभ्याएर वा तर्साएर इसाई बन्न प्रेरित वा बाध्य बनाइँदै छ । प्राचीनकालदेखि चलिआएको हाम्रो सामाजिक सद्भावलाई खलबल्याउँदै यो अवस्थालाई देशमा सहज प्रवेश गराउने मुुख्य कर्तामध्ये एक तपाईं पनि हो भनेर किन नभन्ने ? नेपालमा विदेशीलाई चलखेल गर्न निम्तो दिएर वातावरणसमेत तयार गरिदिने र नेपाललाई विदेशीको प्ले–ग्राउन्ड बनाउनेमध्ये एक तपाईंं पनि हो भनेर किन नभन्ने ? अर्को एउटा जिज्ञासा हो मेरो ।

घुुस खान नसक्ने र भ्रष्टाचार गर्न आत्माले नदिने भएकाले विद्युुुत् विभागको जागिर छोडेर इन्जिनियरिङ क्याम्पसमा प्रवेश गरेपछिको प्रसङ्गमा कुुरा गर्दा तपाईंंले भन्नुुभएको छ कि देशको प्राविधिक उत्पन्न गर्ने निकायले बनाएको भवनहरूसमेत ढल्दा तपाईंंलाई साह्रै मन पोल्यो । कस्तो मीठो कुुरा ! कस्तो देशप्रेम ! तर रोकायाज्यूू ! तपाईंले समर्थन गर्नुुभएको माओवादीले देशका त्यत्रात्यत्रा भौतिक संरचना भत्काएर देशलाई सयौँ वर्ष पछाडि धकेल्दाचाहिँ फेरि किन र कसरी तपाईंको मनले त्यसलाई स्वीकार ग¥यो ? तपाईंले नै दिनुुभएको तिथि–मितिलाई आधार बनाएर भन्दा पनि सहजै यो भन्न सकिने अवस्था छ कि माओवादीले जति धेरै हिंसा गरे, जति धेरै देशको भौतिक संरचना भत्काए र जति धेरै निर्दोष नेपालीको गर्दन रेटे उति धेरै तपाईं माओवादीको पक्षमा अन्तर्राष्ट्रिय समर्थन जुुटाउन लागिपर्नुुभयो । यी घटना हुुँदा तपाईंभित्रको त्यो इमानदार, देशप्रेमी, एउटा विकट ठाउँबाट आएको सरल र सीधा काली रोकाया कता अलप भएका थिए ?

धर्मनिरपेक्षताको अर्थ नै नबुुझी माओवादीको त्यो नारालाई समेत समर्थन गर्न आफ्नो त्यत्रो ऊर्जा खर्चनुुुभएको ऊर्जाविशेषज्ञ तपाईंले अहिले धर्मनिरपेक्षताको खराब पक्ष र नेपाल हिन्दूूराष्ट्र कायम हुुनुुको महत्व बुुझिसक्दा पनि त्यही अनुुपातमा किन आफ्नो ऊर्जा प्रयोग गरिरहनुुभएको छैन जति हिजो खर्चिनुुभएको थियो ? नेपाललाई हिन्दूूराज्य कायम नराख्न र नेपालबाट राजतन्त्रलाई जरादेखि नै उखेलेर फ्याँक्न विदेशीहरूले प्रशस्त कसरत गरेका हुुन् र पानी जसरी पैसा बगाएका हुुन् भन्ने तथ्य तपाईंबाट लुुकेको होला भनेर मान्ने आधार छैन ।

अवस्था अहिले यस्तो देखिएको छ कि नेपाल र नेपालीले मात्रै चाहेर न हिन्दूूराष्ट्र स्थापना गर्न सकिन्छ न राजतन्त्र नै फर्काउन सकिन्छ । यो तीतो सत्य हो । त्यसैले सपार्न त्यहीँबाट शुुरु गर्नुुपर्छ जहाँबाट बिगार्न शुुरु गरिएको हो । तसर्थ, मेरो जिज्ञासा– तपाईं त देश–विदेशमा सहजै सम्पर्क सूुत्र बनाउन र आफ्नो कुुरा स्पष्ट रूपमा राख्न सक्ने मान्छेले हिजो नकारात्मकताको पक्षमा संसारको समर्थन जुुटाउन लागिपर्नुुभयो, तर अब जब कि तपाईंको ज्ञानचक्षुु खुुल्यो तपाईंको ब्रह्मले पनि त्यसैलाई सकारात्मक देख्न थाल्यो जुुन आज पनि अधिकांश नेपालीले देखेका छन्, मानेका छन् र चाहेका छन् भने अब यस परिस्थितिमा तपाईं आफ्नो भूूमिका के र कस्तो हुुनुुपर्छ भन्ने सोच्नुुहुुन्छ ?

हाल आएर नेपालको पहिचानको रूपमा तपाईंले जुुन तीनवटा कुुरा देखेँ भन्नुुभएको छ त्यसमा चाहिँ म पूूर्ण समर्थन गर्छुु । हो, हाम्रो पहिचान भनेको नै संवैधानिक राजतन्त्रसहितको बहुुदलीय प्रजातान्त्रिक व्यवस्था र हिन्दूूराज्य नै हो । यही हाम्रो मौलिकता हो र यही नै हाम्रो परिचय हुुनुुपर्छ । यहाँ पहिचान र परिचयको कुुरा आइसकेपछि मलाई लाग्दै छ श्री रोकायाज्यूू र अन्य कसैको मनमा पनि यो कुतूहल आएको हुुन सक्छ कि डा. केबी रोकायालाई यस्तो प्रश्न गर्ने मान्छेको आफ्नोचाहिँ हैसियत के छ ? म स्पष्ट रूपमा भन्न चाहन्छुु– म कुुनै उल्लेखनीय सामाजिक हैसियत नभएको मान्छे हुुँ । देशभित्र गरिखाने वातावरण भएन भन्दा पनि देशभित्र गरिखान सक्ने मेरो योग्यता नपुुगेकाले विदेशी भूूमिमा कार्यरत छुु । तर, जहाँ भए पनि र जे अवस्थामा भए पनि मेरो एउटै पहिचान र परिचयलाई आत्मसात् गरेको छुु– म नेपाली हुुँ र नेपाली भएकोमा गर्व गर्छुु ।

अन्त्यमा, केही समयअघिसम्म आफ्नो योग्यताअनुुसारको पद पाइन्छभन्दा समेत कुुनै प्रलोभनमा नपरी आफूलाई काङ्ग्रेस हुुँ भन्न नसक्ने केबी रोकाया विभिन्न परिस्थितिले गर्दा पछि माओवादीको अन्धभक्त भए र फेरि बेलैमा नबुुझे पनि वा ढिलै गरी देखे पनि तिनको सक्कली अनुुहार देखेपछि त्यो समूूहसँग सम्पूर्ण नाता र लगाव त्याग्नुुलाई चाहिँ सकारात्मक रूपमा नलिनुुपर्ने कारण देखिँदैन । जसरी रोकायाज्यूूले आफ्नो कुुराको बिट एउटा चर्चित गीतबाट गर्नुुभएको छ त्यसैगरी म पनि त्यही गीतमार्फत नै उहाँलाई अनुुरोध गर्दछुु– ‘गाउँ–गाउँबाट उठाऊ, देश–विदेश र बस्ती–बस्तीबाट उठाऊ, यो देश बचाउन, यो देशको पहिचान, राष्ट्र राष्ट्रियता, धर्म र संस्कृति बचाउन रोकाया तिमी आफू पनि उठ र अरूलाई पनि उठाऊ !’