एमालेले खनाललाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने

एमालेले खनाललाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने


नेकपा एमालेले पर्सि बिहीबार हुने प्रधानमन्त्री निर्वाचनका लागि पार्टी अध्यक्ष झलनाथ खनाललाई पार्टीको तर्फबाट आधिकारिक उम्मेदवार बनाउने औपचारिक निर्णय गरेको छ। खनाललाई उम्मेदवार बनाउने केपी ओलीको प्रस्तावलाई केन्द्रीय कमिटीको बैठकमा प्रधानमन्त्री माधवकुमार नेपालले समर्थन गरेका थिए।

एमालेले प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरे पनि अन्तिम समयसम्म सहमतिका लागि पहल गर्ने निर्णय समेत गरेको छ। यसै अनुरुप माओवादी शीर्ष नेतृत्वसँग वार्ता गर्न प्रधानमन्त्री नेपाल बैठक सके लगत्तै हिँडेका छन्।

त्यस्तै, माओवादीले आफ्नो पार्टीको उम्मेदवार घोषणा गर्नका लागि आज ३ बजे स्थायी समितिको बैठक डाकेको छ।

– मेस, काठमान्डौं