जंगलका हराउँदै गएका आदिवासीहरु क्यामेरामा कैद

जंगलका हराउँदै गएका आदिवासीहरु क्यामेरामा कैद


लण्डन । नेपालको राउटे जातिका मानिसहरु सरह सभ्य दुनियाँबाट छुट्टै आदिम मानिसहरुले झै जीवनज्ञापन गर्ने रेनफरेस्टभित्र बसोबास गर्ने अलग्गै आफ्नै संसारमा रमाउने, आधुनिक संसारबाट सम्पर्कविहीन् ब्राजिलका भित्री जंगलका आदिवासीहरुलाई जहाजबाट खिचिएका तस्वीरमार्फत उस्तै हजारौं वर्षको स्थितिमा रहँदै आएका जानकारी प्राप्त भएको छ । उनीहरु बसोबास गर्ने जंगलमाथिबाट हवाइजहाज उड्दै गरेको देखेर शरीरको छालाभरि रातो रंगको माटोले पोतेका मानिसहरु भाला उठाउँदै जहाजतिर हेर्दै गरेका देखा परेका छन् । यिनीहरु ब्राजिल र पेरुको सिमानाबीचको घनाजंगलमा बस्छन् । ब्राजिलियन सरकारले यिनीहरुका गतिविधिलाई अनुगमन गर्दै आएको छ ।
पेरुको सीमाक्षेत्र हुँदै तस्करहरुले काठको चोरी निकासी गर्ने क्रममा यिनीहरु विस्थापित भएर यिनीहरुका अस्तित्व लोप हुने खतरा बढेको आशंका गर्न थालेको छ । यी आदिम मानव समूहलाई उनीहरुकै तरिकाले बाँच्न दिनको लागि यस जातिका पक्षधर समूहले ब्राजिलीयन सरकारलाई अनुरोध गरेको छ । ब्राजिलियन सरकारले सो विषयलाई लिएर अनुगमन गर्दै आएको छ । च्यारिटी सर्भाइबल इन्टरनेशनल समूहले तयार पारेका यी नयाँ छविहरु सहितको डकुमेन्ट्री बीबीसी च्यानल वानबाट विहीबार राती आठबजे प्रसारण हुँदै छ । श्रोत – मेट्रो, सुमल, मेस ।