शितलहरबाट पीडित बनेकालाई सिद्धार्थ विद्यापीठको ‘न्यानो’ राहत

शितलहरबाट पीडित बनेकालाई सिद्धार्थ विद्यापीठको ‘न्यानो’ राहत


शितलहरबाट प्रभावित जिल्लाका पीडितहरूलाई सिद्धार्थ विद्यापीठ स्कुल (गठ्ठाघर)ले न्यायो कपडा प्रदान गरेको छ । सो स्कुलकी प्रिन्सिपल दीपिका थापाले जानकारी गराएअनुसार स्कुलको विशेष पहलमा विद्यार्थी र शिक्षकहरूको सहयोगमा न्याना कपडा संकलन गरिएको थियो ।

आज आयोजित एक कार्यक्रमका बीच विद्यार्थी र शिक्षकहरुबाट सङ्कलित उक्त न्याना कपडा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य जेपी यादवलाई हस्तान्तरण गरिएको थियो । प्रिन्सिपल थापा, प्रबन्ध निर्देशक राजेन्द्र थापालगायत विद्यालयका शिक्षक तथा विद्यार्थीहरूले सामुहिक रुपमा यादवलाई न्यायो कपडा हस्तान्तरण गरेका थिए ।

ज्ञातव्य छ, मध्य तथा पूर्वी तराई मधेशका जिल्लाहरुमा केहि दिनदेखि बाक्लो कुहिरोसँगै शितलहरको प्रकोप बढेको छ । शितलहरका कारण उक्त क्षेत्रको जनजीवन निकै कष्टकर बन्दै गएको छ । बढ्दै गएको चिसोले वृद्ध, असक्त, अपाङ्ग, दमका रोगी र बालबालिकाहरूलाई प्रत्यक्ष मारमा पारेको छ ।

शितलहरबाट पीडितहरूलाई न्यानो तथा बाक्लो कपडाको आवश्यकता परेको महसुस गर्दै प्रभावित क्षेत्र नम्बर २ अन्तर्गत पर्ने धनुषा, महोत्तरी, सिराह तथा सप्तरीका पीडितहरूलाई न्यायो कपडा प्रदान गरिने बताइएको छ । कपडा संकलन गरी वितरण गरिने कार्यलाई निरन्तरता दिने प्रतिबद्धता प्रिन्सिपल थापाले जनाएकी छिन् ।