फरार अभियुक्तहरू प्रहरी नियन्त्रणमा

फरार अभियुक्तहरू प्रहरी नियन्त्रणमा


विभिन्न अपराधमा दोषी भई फरार रहेका ३९ अभियुक्तलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले सोमबार डाँका, मानव बेचबिखन तथा कर्तव्य ज्यान मुद्दामा फरार रहेका पर्साको साविकको मसिहानी गाविस–४ बस्ने ३६ वर्षीय माति महतो कंकरलाई पक्राउ गरेको हो ।

गत असोज १८ गतेबाट सञ्चालन गरिएको विशेष अभियानका क्रममा पर्सा जिल्लाको विभिन्न स्थानबाट विभिन्न अपराधमा दोषी ठहर भई फरार रहेका ३९ जना फरार प्रतिवादीलाई पक्राउ गरी आवश्यक कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक राजन लिम्बुले बताए ।

सजायबाट उन्मुक्ति पाउन स्थान परिवर्तन गरी लुकिछिपी बस्दै आएका उनीहरुलाई खोजतलास गर्दै जाँदा फेला पारिएको र आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको उनको भनाइ छ ।