अफ्रिकन युनियनका नेताको रुपमा तानाशाह

अफ्रिकन युनियनका नेताको रुपमा तानाशाह


लण्डन । मानवाधिकारवादीहरुका समूहबाट कडा आलोचनाको बावजुद नरभक्षी, तानाशाह टेओदरो आवियाङ ङ्यूएमालाई अफ्रिकन युनियनका नेता चुनिएको छ । टेओदरो, अफ्रिकी मुलुक इक्वेटोरियल गिनिका राष्ट्रपति हुन् । उनले देशको बागडोर आफ्नो काकाबाट सन् १९७९मा रक्तपात कू गरेर छिनेका थिए । हाल उनलाई अफ्रिकन युनियनका नेताको हैसियतमा निर्वाचित तथा त्यसपदका लागि सपथ खुवाएर मानव अधिकार उलंघन गरेको आरेाप लगाएको छ । अफ्रिकन असेम्बलीका अलिउन टाइनले डिफेन्स् फर हृयूम्यान राइटसका लागि ….मानव कल्याणार्थ जुन नेताको शासन अत्याचार र भ्रष्टाचारका लागि कुख्यात बनेको छ त्यस्ता नेतालाई अफ्रिकन युनियन र अफ्रिकीवासीहरुका नेता बन्ने हक कदापि बन्दैन … भनेर उद्धृत गरेका छन् । यही सप्ताहको अन्तमा इथियोपियामा भएको शिखर सम्मेलनमा आइभोरीकोष्टमा भएको राजनैतिक समस्याको कारणले गर्दा त्यसको फाइदा उठाउँदै आवियाङ निर्वाचित भएको समाचारले जनाएको छ । आइभोरीकोष्टको आमनिर्वाचनमा पराजित भएका राष्ट्रपति लाउरेन्टले चुनावमा विजय भएका अर्को प्रतिद्वन्दी अलासानेलाई सत्ता हस्तान्तरण गरिरहेका छैनन् र उनलाई दक्षिण अफ्रिका र उगाण्डाले समर्थन दिइरहेका छन् ।
आवियाङलेपनि दक्षिण अफ्रिका र उगाण्डाको पक्ष लिएर अफ्रिकन युनियनको नेता बन्न सफल भएको भन्ने जानकारी समाचारहरुले जनाएको छ । इथियोपियको शिखर सम्मेलनमा हाल उत्तरी अफ्रिकामा भइरहेका राजनीतिक अशान्ति, ट्युनिसिया हुँदै इजिप्ट र वरिपरिका राज्यहरुको समस्याबारे बृहत छलफल भएको जानकारी दिएका छन् । इकोटोरियल गिनीमा आवियाङको त्रासको कारण त्यस्तो कुनै अशान्ति र विरोध नहुने जनाएका छन् । देशभरि आवियाङ नरभाक्षी भएको र आफ्नो दुश्मनलाई जिउँदै छाला काढेर अंगहरु काट्दै खान्छन् भन्ने व्यापक हल्ला फैलिएको कारणले उनीसित सबै डराउँछन् । भ्रष्टाचारको सुचकाँकमा यो राष्ट्र १८० राष्ट्रहरुमध्ये १६८औ स्थानमा पर्दछ । २० वर्षअघि यस राष्ट्रमा तेलखानी पत्ता लागेपछि यो राष्ट्र अफ्रिकाको धनी राष्ट्रहरुमा पर्न आउँछ । यहाँका एकतिहाई जनतालाई पेय पानीको सुविधा प्राप्त छैन । अफ्रिकन युनियनका राष्ट्रपतिको छनौट वर्षेनी यस महादेशका पाँचवटा क्षेत्रहरुबाट पालैपालो चुनिने गर्दछ । यो पद केवल सेरमोनियल पद हो । सन् २००९मा लिबियाका कर्नल मुआम्मार गद्दाफीलाई राष्ट्रपति चुनिएकोमा पनि विवाद आएको थियो । श्रोत – मेट्रो, विकिपिडिया, सुमल, मेस ।