झलनाथ खनाल नेपालका नयां प्रधानमन्त्री

झलनाथ खनाल नेपालका नयां प्रधानमन्त्री


अन्तिम समयमा माओवादीले आफ्नो उम्मेदवार फिर्ता लिई एमालेलाई समर्थन गर्ने निर्णय गरेपछि एमाले अध्यक्ष झलनाथ खनाल नेपालका ३४ औँ प्रधानमन्त्री बनेका छन्। अब साढे सात महिनाको माधव नेपाल नेतृत्वको कामचलाउ सरकारको अन्त्य भएको छ।

गच्छदार र पौडेल मजदुर किसान पार्टीका अध्यक्ष बिजुक्छेकहाँ भोट माग्न जाने क्रममा आज प्रधानमन्त्री चुनिन असंभव रहेको बताइरहेका थिए। तर पनि चार जना उम्मेदवार रहेको अवस्थामा आजै प्रधानमन्त्री निर्वाचित हुन नसक्ने हो कि भन्ने अन्यौल छाइरहेको थियो। यस्तो बेलामा संविधान सभामा नै बसेको माओवादीको स्थायी समितिको बैठकले अकस्मात् झलनाथलाई समर्थन गर्ने निर्णय गरेर गरेको हो। बाबुराम पक्षले विरोध गरे पनि पार्टी निर्णयलाई स्वीकार गर्ने बताए।

माओवादीको निर्णयका कारण अन्ततः महिनौको निरर्थक चुनावपछि आज देशले नयाँ प्रधानमन्त्री पाएको छ।

– मेस, काठमान्डौ