फतवाबाट-१४ वर्षीया किशोरीको हत्या

फतवाबाट-१४ वर्षीया किशोरीको हत्या


लण्डन । एकजना विवाहित मानिससँग सम्बन्ध गाँसेको आरोप लगाएर एकजना किशोरीलाई पक्डाउ गरेर चारजना इस्लाम धर्मका मौलाहहरुले सरिया कानून अन्तर्गतको फतवा, सजायस्वरुप किशारीलाई एक सय छडीको पिटाइ गर्ने आदेश दिइएको थियो । किशोरीको मृत्यु छडीको पिटाइबाट भएको समाचार खुल्न आएको छ । चारजना मौलाहहरुले १४ वर्षीया मोसाम्मेत हेनालाई इस्लाम धर्म उल्लंघन गरेको आरोपमा धार्मिक सजाय फतवा पालन गर्ने आदेश दिएका थिए ।
बंगलादेशको ढाका निकट एउटा गाउँमा सबै गाउँवासीहरुको उपस्थितिमा छडी हान्ने सजाए दिएको बेलामा किशारी ७० छडीको पिटाइ खाएपछि ढल्न पुगेकी थिईन्, त्यसपछि तिनलाई अस्पतालमा भर्ना गराएको एक सप्ताहपश्चात मृत्यु भएकी थिईन् । यो घटना बंगलादेशको शरियतपुर जिल्लाअन्तर्गत नारिया उपजिला भन्ने गाउँमा आइतवारको दिनमा भएको थियो । ४० वर्षीया महबुब नाम गरेको व्यक्ति, टाढाको साइनोमा दाइ पर्नेले किशोरीलाई बलात्कार गरेको र निज अहिले फरार रहेको कुरा समाचारहरुमा छापेका छन् । किशोरीलाई बलात्कार गरेको २४ घण्टाभित्र केटीलाई परपुरुषसँग अवैध सम्बन्ध राखेको आरोप लगाएर मौलाहहरुले एक सय छडी हिर्काउने सजाय किशोरीलाई साथै महबुबलाई पनि एक सय छडीको सजाय सुनाएका थिए । प्रहरी प्रमुख एकेएम शहिदुर रहमानका अनुसार उनीहरु महबुबलाई पक्डेर ल्याउने प्रयास गरिरहेका कुरा सञ्चार माध्यमलाई जनाएका छन् । बंगलादेशमा धर्म निरपेक्ष रहेको हुनाले सरिया कानूनलाई अवैध ठहर गर्दछ । पूरा देशमा यो घटनालाई लिएर जनताहरु आक्रोशित बनेका छन् । बंगलादेश हाइ कोर्टले शरियतपुर जिल्लाका अधिकारीहरु तथा प्रहरी अधिकारीहरुलाई सो घटना हुनुभन्दा अघि सो घटनालाई रोक्न नसकेकोमा घटनाको विवरण जाँचबुझ गरेर दिने स्पष्टिकरण मागेको छ । श्रोत – भ्वाएस अफ साउथ/मेट्रो, सुमल, मेस ।