सशस्त्र प्रहरी बलका एसपी अरुणशंकर तिमलाको उपचारका क्रममा निधन भएको छ । सशस्त्र प्रहरी बल गुह्येश्वरी गण भक्तपुरमा कार्यरत एसपी तिमला निमोनियाका कारण गम्भीर बिरामी परेपछि पाँच दिनअघि मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचारार्थ भर्ना गरिएका थिए । उपचारकै क्रममा आज विहीबार दिउँसो ४९ वर्षीय एस्पी तिमिलाको निधन भएको हो ।
प्रहरी उपरीक्षक तिमिलालाई अस्पताल पुर्याएदेखि तीन दिनसम्म आइसीयुमा र अवस्था नाजुक भएपछि हिजो बुधबारदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको बताइन्छ । १२ वर्षअघि मृगौला प्रत्यारोपण गरिएका तिमिला २९ वर्षदेखि प्रहरी सेवामा थिए ।
प्रतिक्रिया