माओवादी केन्द्रले समानुपातिक प्रदेशसभा सदस्यको टुङ्गो लगायो

माओवादी केन्द्रले समानुपातिक प्रदेशसभा सदस्यको टुङ्गो लगायो


नेकपा (माओवादी केन्द्र) ले समानुपातिकतर्फ प्रदेशसभा सदस्यको नामावली टुङ्गो लगाएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बिहीबार दिउँसो बसेको पार्टीको केन्द्रीय समितिको बैठकले समानुपातिकतर्फ प्रदेशसभा सदस्यको नामावली टुङ्गोे लगाएको हो । राससका अनुसार टुङ्गोे लगाइएको नामावली शुक्रबार निर्वाचन आयोगमा पठाउने तयारी गरिएको पार्टी प्रवक्ता पम्पा भूषालले जानकारी दिए ।

बैठकमा नयाँ सरकार गठनलगायत समसामयिक राजनीतिक विषयमा समेत छलफल भएको पनि उनले जानकारी दिए ।