विर्तामोडमा आदिवासी जनजाति महोत्सव शुुरु

विर्तामोडमा आदिवासी जनजाति महोत्सव शुुरु


आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् बिर्तामोडको आयोजनामा बिर्तामोडमा बिहीबारदेखि १३ दिने प्रथम नेपाल आदिवासी जनजाति महोत्सव सुुरु भएको छ । नेपाल आदिवासी जनजाति महासंघ केन्द्रीय अध्यक्ष जगत बरामले महोत्सवको उद्घाटन गरेका छन् ।

आदिवासी जनजातिहरुको संस्कृति, रीतिरिवाज तथा भेषभुषाको प्रर्वद्धन गर्ने र पहिचान झल्काउने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् बिर्तामोडका सल्लाकार विरेन मेचेले बताए । महोत्सवमा बिर्तामोड नगरपालिका भित्र सूचिकृत रहेका २२ जातजाति आदिवासीको पहिचान झल्कने मेचेले जनाए ।

आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् बिर्तामोडका अध्यक्ष गोपाल राईको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिका प्रमुख धु्रवकुमार शिवाकोटी, उद्योग वाणिज्य संघ बिर्तामोडका अध्यक्ष कुमार भट्टराई, नेफिन जिल्ला अध्यक्ष पारसमणि राई, बिर्तामोड साना सहरी खानेपानी सरसफाई उपभोक्ता समितिका अध्यक्ष जलकुमार गुरुङ्लगायतले बोलेका थिए ।

महोत्सवमा कृषि प्रदर्शनी, औद्योगिक प्रर्दशनी साथै दैनिक राष्ट्रिय स्तरका कलाकारको सहभागितामा साँस्कृतिक कार्यक्रम हुनेछ । मेलामा राष्ट्रिय बक्सिङ् प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष राईले बताए ।

आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् बिर्तामोडका उपाध्यक्ष छत्रबाहदुर गुरुङ्ले स्वागत गरेको कार्यक्रमको सञ्चालन एलसी श्रेष्ठ र रिता राईले गरेका थिए ।

(आदिवासी जनजाति महोत्सव शुुरु गर्नुअघि सरसफाई गर्दै सरोकारवाला)

– रेजिना गौतम