“विश्वब्यापी रेडियो कविता प्रतियोगिता सम्पन्न”

“विश्वब्यापी रेडियो कविता प्रतियोगिता सम्पन्न”


लण्डन । बीएफ्बीएस् गोर्खा रेडियो यूकेले संचालन गरेको तेश्रो विश्वब्यापी रेडियो कविता प्रतियोगिता सन् २०१० को नतिजा सार्वजनिक गरिएको छ । प्रतियोगितामा बिभिन्न देशका जम्मा ५२ जना प्रतियोगीहरुको सहभागिता रहेको थियो । प्रतियोगिताको निर्णायकहरुमा नेपालबाट विक्रम सुब्बा र भुपाल राई, हङकङबाट किन्दर राई र बेलायतबाट सुरेशजंग शाह चुनिएका थिए ।

सन् २०१० को प्रतियोगितामा नेपालबाट किराँती भोगेन एक्ले प्रथम भएका छन् । तर, यो प्रतियोगिता संचालन हुँदा, उनी हङकङमा कार्यरत थिए । त्यस्तै, वेलायतबाट कवि देवेन्द्र खेरेस द्वितीय र नेपालबाट गौतम साइवर राई र क्यीन्स् गोर्खा सिग्नल्स वेलायतबाट जयराम पुरी तृतीय भएका छन् ।

प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगीहरुलाई बीएफ्बीएस् चिन्ह अंकित पुरस्कार, प्रमाणपत्र र लण्डन कलेज अफ् इन्जिनियरिङ्ग एण्ड म्यानेजमेन्टद्वारा प्रायोजित नगत क्रमशः रु १५ हजार, १० हजार र ५ हजार रुपैयाँ प्रदान गरिएको छ । तर, प्रतियोगी जयराम पुरीले आफूले जित्न सफल रु २ हजार ५ सय रुपैया“ गौतम साइवर राईलाई प्रदान गरेका छन् ।

त्यस्तै, सानै उमेरमा पनि निकै राम्रो कविता लेख्न सक्ने प्रतिभा भएकी, वेलायत अक्सफोर्डकी शाइना गुरुङ्गलाई सान्त्वना पुरस्कार प्रदान गरिएको छ । स्मरण रहोस्, चाम्स् फिल्मस् प्रोडक्सनद्वारा प्रदान गरिएको अवार्डमा चाँहि किराँती भोगेन एक्लेको नाम लेखेर अर्को वर्षसम्म बीफ्बीएसमै राखिने भएको छ ।
-योगराज राई, मेस