नेपाल ग्यास प्लान्ट विस्तार विरुद्ध स्थानीय सडकमा

नेपाल ग्यास प्लान्ट विस्तार विरुद्ध स्थानीय सडकमा


नेपाल ग्यासको प्लान्ट बिस्तार हुने भएपछि स्थानियहरु सडकमा उत्रिएका छन् ।  सो कम्पनीले काठमाडौंको बालाजुमा प्लान्ट विस्तार गर्न लागेको हो ।
स्थानियहरुले ग्यास प्लान्ट विस्तारको नाममा आफूहरुको सुरक्षामा ध्यान नदिईएको भन्दै उनीहरुले शुक्रबार विहान बालाजु औद्योगिक क्षेत्रको प्रवेश द्वार बाहिर भेला भएका विरोध गरेका हुन् ।

स्थानियबासीले शान्तिपूर्ण आन्दोलनलाई कमजोर सम्झिए सम्बन्धित पक्षले ठूलो मूल्य चुकाउनुपर्ने भन्दै चेतावनी दिएका छन् । स्थानीयको धर्नालाई नेपाल विद्यार्थी संघले पनि ऐक्यवद्धता जाहेर गरेको छ ।