अनेसास यूकेको परिचयात्मक कार्यक्रम

अनेसास यूकेको परिचयात्मक कार्यक्रम


लण्डन । आज दिउँसो, इलिङस्थित थेम्स एकाडेमीको एक हलमा आयोजित सानो भेलामा संस्थाले हालै मात्र गठन गरिएको कार्यसमितिका पदाधिकारीहरुलगायत अतिथिहरुका साथमा एक कवितात्मक रुपले परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ । जुन कार्यक्रममा यूकेका लागि नेपाली राजदूत डा. सुरेशचन्द्र चालिसेको प्रमुख आतिथ्य रहेको थियो । स्मरणीय छ, डा. चालिसे सो संस्थाको संरक्षक रहेकाछन् ।
संस्थाकी महासचिव लक्ष्मी राईबाट सञ्चालित सो कार्यक्रमलाई संस्थाकै अध्यक्ष होम परिवागले अध्यक्षता गरेका थिए भने नेपालबाट विशेष काममा आएका कवि विश्व विमोहन श्रेष्ठको विशेष आतिथ्य रहेको थियो ।
कवि जगत नवोदितको तेस्रो कृति ‘काँचो मुद्दा’को लोकार्पण राजदूत चालिसेको हातबाट सोही कार्यक्रममा भएको थियो ।
कार्यक्रममा बल्जियमबाट आएका कृष्ण बजगाईँले पनि सहभागिता जनाएका थिए भने विश्व विमोहन श्रेष्ठ र खगेन्द्र पाठकलाई सम्मान पत्र प्रदान गरेर सम्मान व्यक्त गरिएको थियो ।
राजदूत चालिसेबाट कार्यक्रमको शुरुवातमा मैन बत्ति बालेर कार्यक्रमको थालनी गर्ने क्रममा नीलहरि घिमिरेबाट गायत्री मन्त्रको पाठ गरिएको थियो, जसलाई संस्थाकी महासचिव तथा सञ्चालिका लक्ष्मी राईले धार्मिक सहिष्णुताको अनुरुप हरेक धर्म तथा साँस्कृतिकतालाई सम्मान सबैले गर्नु पर्ने बताएकिथिईन् भने कार्यक्रमलाई संस्थाकी उपाध्यक्ष जया राईले स्वागत मन्तव्य दिएकिथिईन् ।
अनेसासको इतिहास, वर्तमान अनि भविष्यको बारेमा विस्तृत रुपमा गोपिकृष्ण प्रसाईलगायतका विभिन्न वक्ताहरुले चर्चा गरेका थिए भने उपस्थित सहभागीहरुले आआफ्ना कविताहरुको पनि वाचन गरेका थिए ।
कार्यक्रममा दीपक कोइराला, हरिसिङ थापा, नारायण भट्टराई, डा.रुपक श्रेष्ठ, शशी सुब्बा आदिको पनि उपस्थिति रहेको थियो ।
दिउँसो २ बजेबाट शुरु भएको सो कार्यक्रम साँझ ७ बजे डा. रुपक श्रेष्ठद्वारा सञ्चालित थेम्स एकाडेमीमा सञ्चालित सो कार्यक्रमको आखिरीमा यस्ता प्रकारविशेषका साहित्यिक कार्यक्रमहरुको निरन्तरता सोही स्थानमा दिने भनिएको छ र नेपाली साहित्यिक कृतिहरुको संकलन गरेर एक पुस्तकालयको रुपमा सो स्थानलाई स्थापित गराउने भन्दै सर्जकहरुसँग पुस्तकको अपेक्षा गरिएको छ ।-नीर, मेस
वाँकी तस्वीरहरु हेर्न यहाँ क्लिक गर्नुहोस् ।