अन्ततः राष्ट्रपति भण्डारीद्धारा राष्ट्रिय सभा निर्वाचन सम्वन्धी अध्यादेश जारी

अन्ततः राष्ट्रपति भण्डारीद्धारा राष्ट्रिय सभा निर्वाचन सम्वन्धी अध्यादेश जारी


अन्ततः राष्ट्रपतिकोमा अड्किएको राष्ट्रिय सभा निर्वाचन सम्वन्धी अध्यादेश प्रमाणीकरण भएको छ ।      राष्ट्रपति भण्डारीले सो अध्यादेश जारी गरेकी हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले भेटे लगतै राष्ट्रपतिले अध्यादेश जारी गरेकी हुन् । यो सँगै निर्बाचन पछि पैदा भएको राजनैतिक गतिरोधको अन्त्य भएको छ भने राष्ट्रिय सभा निर्बाचनको बाटो खुलेको छ ।

नेकपा एमालेले कुनै पनि हालतमा सरकारले पेश गरेको एकल संक्रमणीय प्रक्रियाबाट राष्ट्रिय सभा गठन गर्ने निर्णय नस्वीकार्न दबाब दिएसंगै राष्ट्रपतिले अध्यादेश स्वीकृत नगरी अड्काएर राखेकी थिइन् ।

यसअघि नेपाली काँग्रेस नेतृत्वको सरकारले अध्यादेश स्वीकृत गर्न दबाब दिइरहेको थियो भने अन्य दलहरुले पनि अध्यादेश अड्काएर राख्न नमिल्ने बताउँदै आएका थिए ।