जसस अमेरिकाको अधिवेशन एक चुनौती

जसस अमेरिकाको अधिवेशन एक चुनौती


-ओम भट्टराई
प्रवासमा रहेर पनि आफ्नो देशको माया, अनि आफूलाई मन पर्ने, आफ्नो बिचार मिल्ने राजनीतिक पार्टीलाई सँधै माया गरेर त्यही पार्टीको लागि आफ्नो सम्पूर्ण समय दिनु एक किसिमको राजनीतिक सदासहयता हुन आउँछ । यसै क्रममा प्रवासमा राजनीतिक संगठन बिस्तार गर्ने र पार्टीलाई बालियों पार्ने, पार्टीको एक नीति पनि हो । नेपाली कांग्रेसका अगुवा कार्यकर्त्ताद्वारा अमेरिकामा पनि पार्टी को भ्रातृ संगठन बिस्तार गर्ने हेतुले नेपाली जनसंपर्क समिति गठन गरेका हुन् । जुन सस्थाले पूर्ण रुपमा आफ्नो सांगठानिक रूप लिनुपूर्व नै ब्याक्तिगत महत्वाकांक्षाको सिकार हुन पुग्यो, बिवाद नै बिवाद को रूप लिएर बिवादभित्रै प्रथम अधिवेशन सम्पन्न भयो । त्यसको लगत्तै सोही नामको संगठनले अर्को अधिवेशन सम्पन्न ग-यो । यसरी अमेरिकामा नेपाली कांग्रेसका दुई भ्रातृ सस्थाले जन्म लिए । सोही समयदेखि नै एकताको प्रयास भने शुरू गरिएको थियो तर पनि सो कार्य सम्पन्न हुन सकेन, कारण नेपालबात बिभिन्न समयमा पार्टीका बिभिन्न तहका बिभिन्न नेताका ब्यातिगत महत्वाकांक्षा अनुरूप कहिले कसलाई कहिले अर्कालाई मान्यता दिँदै पार्टीले बिभिन्न समयमा धेरै चिट्ठी पत्र यसका प्रतिनिधिलाई दिन थाले । समय बित्त्दै जाँदा एकताको आभास दुबै पक्षलाई हुन गयो । त्यसपछि दुबै संगठन बिघटन गरी, एकताको लागि तयारी समिति गठन भयो । त्यसमा पनि फेरि सहमत नगरी तेस्रो महत्वाकांक्षी समूहको श्रृजना हुन गयो, त्यस समूहले केही तयारी समितिका साथीहरुको राजीनामा गराउन लगायो ।

अहिलेको वास्ताबिकता यही छ, प्राय सबै जसो कार्यर्कता एकता अधिवेशनको पक्षमा छन्, सोही अनुरूप धमाधम बिभिन्न राज्यहरुमा एकताको स्थानीय अधिवेशन भइराखेको छ, धेरैजसो राज्यमा भइसकेको छ तर एकताको केन्द्रीय अधिवेशनको कुनै टुंगो छैन, पार्टीबाट ब्याक्तिगत महत्वाकांक्षी चिट्ठीहरू ओइरिरहेकछन्, यस्ता खाले क्रियाकलापले तमाम कार्यर्कतालाई अन्योलमा पारिराखेको छ । तयारी समितित्रित्र जे-जति बिवाद छ, सो बिवाद आफू-आफूबीच वार्ता गरेर सहमतिमा आउन नसक्नु, तमाम कार्यर्कताको भावनामा खेलबाड गर्नु, बहुमातीय पद्धतिलाई नस्वीकार्नु मुख्य दोष देखिन्छ । यसबीचमा पनि या एकताका पक्षधरबीच पनि भोलि अधिवेशनमा गएर हारिन्छ बि भन्ने अर्को पराजीत मनास्थितिको अर्को कांडा उम्रिदै गरेको भान भइराखेको छ, अहिलेको तयारी समितिले बि त तुरुन्त अधिवेशनको मिति तोकी सम्पन्न गर्नुपर्छ वा छोडिदिनुपर्छ । सकिँदैन भने यो यो र यी यी ब्येक्तिका कारणले सकिँदैन भन्न सक्नु पर्छ । केन्द्रमा जे-जे भए पनि स्थानीय अधिवेशन त गरेर सकिदिनुप-यो नि, त्यो पनि नगरी आ-आफ्नै झगडामा अल्झिरहनु दोस्रो दुर्भाग्य भएको छ । नेपाली कांग्रेसको अधिवेशनपूर्व यहाँ अमेरिकामा अधिवेशन सम्पन्न भएन भने त्यसपछि गरिएको अधिवेशनको कुनै मूल्य मान्यता नहुने भएकाले बेला बित्नु अगाडि नै हामीले सोच्नु पार्ने भएको छ ।

यदि बेलामा नै अधिवेशन भएन भने पर्दा पछाडि बसेर भाड्भैलो गराउने नेतृत्व पंक्रिले ठूलै मूल्य चुकाउनु पर्नेछ । नेतृत्व पंक्तिले अगाडि आएर मन, वचन र कर्मले एकताको कार्य सम्पन्न गर्नु गराउनु तत्कालको आवश्यकता छ । अहिलेको चुनौति भनेको तमाम बहुमतीय पद्धतिबाट छलफल गरी तुरुन्त निचोड़ निकाली संगठनलाई संस्थागत विकास गर्नु पर्छ, बाँकी सारा कुराहरु अधिवेशनको हालबाट तमाम कार्यर्कतामाझ प्रस्तुत गरी समाधान निकाल्नु पर्छ भन्ने कुरा अधिवेशन तयारी समितिका पधाकरिले बुझ्नू, बुझाउनु पर्छ । तयारी समितिमा बसेका सदस्यले तमाम कार्यर्कताहरुको भावनामा खेलवाड नगरी बेलैमा अधिवेशन गरिदेऊ, होइनभने, यो कुरा याद राखे हुन्छ “निष्ठावान कार्यर्कताले नेताहरुलाई बहिस्कार गरी दोस्रो जंग बहादुर जन्माउनेछन्, सोही जंग बहादुरले जनसम्पर्क समिति अमेरिकाको नेतृत्व गर्ने छ” ।
लेखक: जनसम्पर्क समिति टेक्सास, यूयसएका अध्यक्ष हुन् ।