क्षेत्री समाज यूकेको चौथो बार्षिक साधारण सभा

क्षेत्री समाज यूकेको चौथो बार्षिक साधारण सभा


लण्डन / क्षेत्री समाज यूकेको चौथो बार्षिक साधारण सभा गत २९ जनवरी २०११ का दिन अल्डरसटस्थित स्वान क्लव एण्ड मा समाजका अध्यक्ष कृष्ण बहादुर अधिकारी क्षेत्रीको अध्यक्षतामा सम्पन्न भयो सिंस्थाका महासचिब महेन्द्र क्षेत्रीले उक्त दिनको कार्यक्रम के कसरी अगाडि बढ्छ भन्ने बारेमा प्रकाश पर्दै उपस्थित सम्पूर्ण सदस्यलाई कार्यक्रमको एजेन्डा वितरण कार्यक्रमको शुरुमै गरेकाथिए भने साधारण सभालाई स्वागत मन्तब्य दिँदै समाजका संरक्षक धुर्ब केसीले बेलायतमा छरिएर बसेका सम्पूर्ण क्षेत्री समुदायहरुलाई समेटेर संगठित भएर अगाडि बढ्नु पर्नेमा जोड दिएका थिए र समाजका कोषाध्यक्ष प्रेम खड्काले बार्षिक आयव्यय विवरण प्रस्तुत गरेकाथिए ।

उक्त बार्षिक सभामा समाजका सल्लाहकारहरु इन्जिनियर भेस बहादुर थापा, मेजर रुद्र खड्का, रिटायर क्यापटन तेज बहादुर बस्नेतले समाज को बार्षिक कार्ययोजना को टिकाटिपणी गरी भाबी कार्यक्रमलाई समाजको हरेक क्षेत्रबाट एकजुट भै अगाडि बढ्न सल्लाह दिनुका साथै भाबी सन्ततीहरुलाई देश, धर्म, कला संस्कृति, रिती रिवाजलाई कायम गरी अगाडि बढ्नुपर्नेमा जोड दिए उक्त साधारण सभामा बेलायतका बिभिन्न ठाउँमा बसोबास गर्ने समाजका प्रतिनिधिहरुले जोडदार रुपले आ-आफ्नो धारणा तथा भाबी एजेन्डाहरु माथि सुझाब सल्लाहा दिएका थिए सिमाजका पब्लिक रिलेसन अफिसर क्यापटन टेक बहादुर जीसीले यस क्षेत्री समाजलाई मजबुत बनाई समाजमा नसमेटिएका क्षेत्री बन्धुहरुलाई समाजमा समाबेस गराउँदै लागेमा समाज अझ बढी संगठित हुने कुराको जानकारी गराउनुका साथै क्यापटन जीसीले समाजले नेपालमा रहेका क्षेत्री समाजका संघसंस्थाहरुसँग पनि सुमधुर सम्वन्ध राखी अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए । समाजका महिला प्रतिनिधिको रुपमा श्रीमती मेजर अम्बिका खड्का क्षेत्री, श्रीमती क्यापटन शारदा कुँवर र श्रीमती क्यापटन पार्वती जीसीले समाजले अहिलेसम्म गरेको उपलब्धिको प्रशंसा गर्नुको साथै समाजको उत्तरोउत्तर प्रगतिको कामनागरेकाथिए ।

समाजको बार्षिक साधारण सभालाई सम्बोधन गर्दै क्षेत्री समाज यूकेका अध्यक्ष कृष्ण बहादुर अधिकारी क्षेत्रीले बेलायतको व्यस्त जीवनशैलीमा पनि यस बार्षिक साधारण सभामा उपस्थित भै कार्यक्रम सफल बनाइदिएकोमा सबैलाई धन्यबाद दिए र साथमा उनले आफ्नो मन्तब्यमा क्षेत्री समाज यूके एउटा निष्पक्ष्य संस्थाहो जसले कुनै पनि जति, धर्म, राजनीतिक संघसंस्था,हरुसँग कुनै पनि भेदभाब नराखी सबैसँग हातेमालो गर्दै अगाडि बढ्ने संस्था हो भनी प्रस्ट रुपले प्रकाश पारे । साथै आउने दिनहरुमा समाजका इकाई समितिहरुलाई अझ बढी संगठित गर्दै मजवुत बनाउँदै लैजाने जानकारी गराए ।

उक्त दिन नेपालबाट साइकलबाट बिश्व भ्रमणमा हिडेका ढाकेस्वोर क्षेत्रीलाई समाजको तर्फबाट सिनियर सदस्य राजन क्षेत्रीको हातबाट प्रशँसा पत्र, फूलमाला साथै खाता ओढाई स्वागत गरिएको थियो आिफूलाई क्षेत्री समाज यूकेले सम्मान गरेकोमा खुशी हुँदै बिश्व साइकल यात्री क्षेत्रीले देसमा शान्ति छाओस्, सगरमाथा र बुध जन्मेको भूमि नेपाललाई संसारभर चिनाउने उद्देस्यले यात्रा गरेको र अहिलेसम्म ४० ओटा देशको भ्रमण गरिसकेको कुरा अवगत गराएकाथिए ।
उक्त साधारण सभा को कार्यक्रम समाजका महासचिब महेन्द्र क्षेत्रीले गरेकाथिए ।
वाँकी तस्वीरहरु हेर्न यहाँ क्लिक गर्नुहोस् ।-भरत क्षेत्री, तस्वीर-नरेन्द्र बस्नेत