हङकङ नेपाली मञ्च यूकेको भेला

हङकङ नेपाली मञ्च यूकेको भेला


लण्डन । हिजो अल्डरसटस्थित स्पाइसी करी हाउसमा बसेको सो संस्थाको एक वृहत भेलाले यो सालको वार्षिक भेलाको मिति साविककै समयलाई निधो गरेको छ । मे ०१ तारिख साविकैको अर्थात् फार्नबोरोहस्थित कम्युनिटि स्कुलको प्राङ्गणमा साँस्कृतिक कार्यक्रमका साथै बीबीक्यू कार्यक्रम गरिने भएको छ । स्थानीय कलाकारहरुबाट जोरदार मनोरञ्जन पस्किने सो कार्यक्रममा टिकट दरको पनि व्यवस्था गरिएको छ । दश पाउण्डको टिकट दर बनाइएको सो भेलामा खानपिनका साथै मनोञ्जनको उत्कृष्ठ प्रस्तुति गरिने आयोजकले बताएको छ ।
हिजो प्रेम गुरुङको अध्यक्षतामा बसेको भेला, जसलाई संयोजक सचिव विश्वजङ गुरुङले गरेका थिए, मा योपालि सहभागीहरुको सङ्ख्या अत्यधिक हुने अनुमान गरिएको छ र सो सहभागितालाई सक्दो नियन्त्रण र व्यवस्थापन गर्नका लागि प्रशस्त भोलिन्टिएरहरुको प्रयोग गरिने भनिएको छ । सो विविध कार्यक्रमलाई मेरो यूके डट कमले सञ्चारको प्रायोजनको जिम्मा लिएको छ ।
हालैको वर्षमा, खासगरी हङकङबाट सदाकै लागि यूके भित्रिने हङकङेली नेपालीहरुको सङ्ख्या उच्च दरमा वृद्धि भएको छ । -याम, मेस