‘हिचकी’बाट बलिउडमा कमब्याक गर्दै रानी मुखर्जी

‘हिचकी’बाट बलिउडमा कमब्याक गर्दै रानी मुखर्जी


लामो समय बलिउड फिल्मबाट टाढा रहेकी चर्चित अभिनेत्री रानी मुखर्जी पुनः बलिउडमा पर्किएकी छिन् । रानी ‘हिचकी’ फिल्मबाट कमब्याक गर्न लागेकी हुन् । यशराज फिल्मको ब्यानरमा बन्न लागेको यो फिल्म अङ्ग्रेजी फिल्म ‘फ्रन्ड अफ द क्लास’को रिमेक हो । सो कुरा यो फिल्मका डाइरेक्टर सिद्धार्थ मलहोत्राले बताएका छन् ।

‘हिचकी’ फिल्मको हालै टे«लर रिलिज भएको छ जसलाई सिनेप्रेमीहरूले निकै रुचाएका छन । प्रसिद्ध लेखक ब्रैड कोहेनको पुस्तकमा आधारित कथामा हिचकी फिल्मको निर्माण गरिएको छ । जसअनुसार यसको मुख्य पात्र भकभकाउने रोगबाट ग्रसित छ । जसलाई बोल्न निकै गाह्रो हुनुको साथै बोल्दाखेरि भकभकाउँदा निकै समस्या पर्छ । पछि यो रोगसँग लड्दालड्दै कसरी निको हुन्छ र उत्कृष्ट शिक्षक बन्छ त्यसैको वरिपरि फिल्मको कथा घुमेको छ ।

पछिल्लोपटक २०१४ मा मर्दानी फिल्ममा देखिएकी रानीले त्यसपछि कुनै फिल्म खेलेकी छैनन् । मर्दानीमा रानीको उत्कृष्ट अभिनयको बलिउडमा निकै चर्चा भएको थियो । तर, यो फिल्मले सोचेअनुरूपको सफलता हासिल गर्न नसकेपछि रानी अचानक फिल्मबाट हराएकी थिइन् । त्यसपछि बलिउडमा रानी नफर्किने अड्कल पनि काटिएको थियो । तर, अहिले रानी आफ्नै श्रीमान्ले निर्देशन गरेको हिचकी फिल्मबाट बलिउडमा कमब्याग गर्दै छिन् । यो फिल्ममा रानीले मुख्य भूमिका निभाएकी छिन् ।

अहिले बलिउडमा रानीको चर्चा पुनः चुलिएको छ । हालै हिचकीको ट्रेलर सार्वजनिक गरिएपछि उनी चर्चामा आएकी हुन् । यो टे«लर हेरेपछि प्रशंसकहरूले रानीको अभिनयको निकै तारिफ गरेका छन् । यो फिल्ममा रानी निकै सुन्दर लाग्नुको साथै उनको नौलो प्रस्तुतिलाई प्रशंसकहरूले निकै मन पराएका छन् । यो फिल्ममा रानी पिठ्युँमा ब्याग र हातमा एउटा पुस्तक लिएर देखिएकी छिन् ।

फिल्मको टे«लर सार्वजनिकसँगै शुभचिन्तकहरूको सकारात्मक प्रतिक्रियाले यतिबेला रानी निकै उत्साहित भएकी छिन् । दर्शकहरूको सकारात्मक प्रतिक्रियासँगै रानीले पनि बक्स अफिसमा हिचकी सफल हुने प्रतिक्रिया सञ्चारकर्मीलाई दिएकी छिन् । हिचकी आउँदो वर्ष रिलिज हुँदै छ । यसभन्दा अघि रानीले बलिउडका महानायक अभिताभ बच्चनसँग ‘ब्लाक’ फिल्ममा काम गरेर निकै चर्चा बटुलेकी थिइन् । उक्त फिल्मले नेसनल अवार्ड पनि जितेको थियो ।