पाकिस्तानी बाढी, कुटनीति र राजनीति

पाकिस्तानी बाढी, कुटनीति र राजनीति


लण्डन । ८० वर्षको अन्तरालपछि पाकिस्तानमा आएको भीषण बाढीले १५००जना भन्दा बढी मानिसहरुको ज्यान गएको छ, साथै ४० लाख भन्दा बढी मानिसहरु यस बाढीबाट प्रभावित भएका छन् । अहिलेसम्म पनि तीसौंहजार मानिसहरु बाढीको चपेटमा परेर उद्वारका लागि पर्खिरहेका छन् । गत सप्ताह आचनक आएको बाढीले २००० हजारभन्दा गाउँहरुलाई एकैचोटि डुबान गरेर बलुचिस्तानको पश्चिमी प्रान्त खैबर पख्तुनख्वाको नौशेरा इलाकामा सबैभन्दा बढी क्षति पुर्‍याएको समाचार प्रकाशमा आउँदा नआउँदा अहिले फेरि सिन्धू नदीको विशाल जलधार पाकिस्तानको सबैभन्दा ठूलो प्रान्त पंजाबलाई जलमग्न बनाउँदै अझ बढी क्षति हुने आशंका गर्न थालेका छन् ।
सयौ पुल -पुलेसोहरु बगाएर यातायात अवरुद्ध भएको कारणले राहत र उद्वार कार्यमा कठिनाइ सामना गर्नु परेको छ । बाढीको समयमा सबैभन्दा ठूलो समस्या खानेपानीको हुन्छ । चारैतिर जलमग्न धमिलो पानी पिउने लायक हुँदैन तथा पानीको सबै श्रोत बाढीले ढोकेको हुन्छ । मनसुनको समयमा पाकिस्तान, भारत, चीन मात्र नभई नेपालमा पनि ज्यानधनको प्रत्येक वर्ष क्षति हुन्छ । एसियाली मुलुकहरुमा सबैभन्दा बढी क्षति बंगलादेशले बेहोरेको छ । तर, अहिलेको भीषण क्षति पाकिस्तानको लागि केही समय पहिले भूकम्पले गरेको क्षति भन्दा ठूलो साबित भएको छ । अहिलेको यो त्रासदीलाई पाकिस्तानीहरुले प्रकृतिले दिएको दिव्य दण्ड भन्ोका छन् । राहत कार्यमा ढिलाइ भएको कारणले गर्दा व्यक्तिगत अथवा स्वतन्त्र संगठनहरुको पहलमा मद्दतका लागि बढी रहेका छन् । पाकिस्तानी सरकारका अनुसार तीसहजार सेना राहत कार्यको लागि परिचालन गरेको बताइएको छ ।
अर्कोतर्फ बाढीपीडितहरुको सहानुभूति जित्नको लागि पाकिस्तानी तालेबानीहरुले राहत शिविर खडा गरेर दवाइ खाद्य सामंग्री वितरण गर्न थालेका छन् । देशको ठूलो भागमा बाढीले क्षति पुर्‍याएको बेलामा पाकिस्तानी राष्ट्रपति आशिफ जरदारी बेलायत र फ्रान्सको भ्रमणमा आएको विषयलाई लिएर पाकिस्तानका विपक्षी दलका पूर्व प्रधानमन्त्री नवाज सरिफ र इमरान खानले कडा आलोचना गरेका छन् । देशमा ठूलो विपत्ति आएको बेलामा यसलाई चासो नदिई विदेश भ्रमणमा जानुलाई मुद्धा बनाएर विपक्षीले सरकारलाई विरोध गरेको छ । जरदारीले आफ्नो भ्रमणलाई कुटनीतिक भ्रमण भनेका छन् र अस्ति डेविड क्यामरुनको भारत भ्रमणको बेलामा पाकिस्तानलाई आतंककारीहरुलाई आयत गरेको टिप्पणीको विषयलाई ठाडो प्रतिक्रिया दिनको लागि यो भ्रमण अनिवार्य रहेको बताएका छन् । लण्डनमा आजको बकिंगहामको आतिथ्यलाई अस्वीकार गरेर जरदारीले आफ्नो आगमनको उद्धेश्यको संज्ञा एकातिर दिएका छन् भने भोलिको दिवाभोजमा सामेल भएर कुटनीतिक विषयमा छलफल गर्ने भएको छ । अर्को प्रसङ्गमा जरदारीले आफ्नो छोरा (बेनजिर भुट्टोबाट जन्मेका) बिल्लावाललाई राजनीतिक मञ्चमा उतार्नको लागि पर्सि शनिवारको दिनमा बरमिंघामको र्‍यालीलाई सम्बोधन गर्ने योजना रहेको छ । यतिबेला पाकिस्तानी बाढीको चपेटमा जनता पिल्सिरहेका छन् भने जरदारी आफ्नो कुटनीतिक भ्रमणमा छन् र विपक्षीले राजनीतिक माहौललाई अब मैला बनाउने अवसर प्राप्त गरेको छ । श्रोत – नेट, सुमल, मेस ।