सिरहाको सुखीपुर नगरपालिका खुला दिसामुक्त घोषणा

सिरहाको सुखीपुर नगरपालिका खुला दिसामुक्त घोषणा


सिरहाको सुखीपुर नगरपालिकालाई खुला दिसामुक्त नगरपालिका क्षेत्र घोषणा गरिएको छ ।

सन् २०१७ सम्ममा नेपाललाई खुला दिसामुक्त गर्ने सरकारको लक्ष्यअनुरुप नगरपालिकाका १० वटै वडाका सबै घरधुरीमा शौचालय निर्माण भएपछि शुक्रबार खुला दिसामुक्त नगरपालिका घोषणा गरिएको हो । नगरपालिकाको सबै वडामा शौचालय निर्माण गरी घरघरमा शौचालयको पहुँच पुगेपछि खुला दिसामुक्त नगरपालिका घोषणा गरिएको नगरपालिकाका प्रमुख रामऔवतार यादवले जानकारी दिए ।

कार्यक्रममा जिल्ला समन्वय समिति सिरहाका सभापति रामचन्द्र ठाकुरले नगरपालिका खुला दिसामुक्त हुनु जिल्लाकै मान र प्रतिष्ठाको विषय भएकाले सरसफाइमा ध्यान दिनु जरुरी रहेको बताए । राससका अनुसार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार दासले खुला दिसामुक्त अभियानअन्तर्गत ग्रामीण जागरण समाज धनगढीमाई र रेडक्रस सोसाइटीलगायत संस्थाको सक्रियतामा नगरभित्रका आठ हजार ८४ घरधुरीमा शौचालयको पहुँच पुगेको बताए ।