आज पुस १५ अर्थात तमु ल्होसार, प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने

आज पुस १५ अर्थात तमु ल्होसार, प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने


आज पुस १५ अर्थात तमु ल्होसार । आज धुमधामका साथ यो पर्व मनाईदैछ ।

यस पर्वलाई सम्बोधन गर्नका लागि आज प्रधानमन्त्री शेरबहादुर देउवा टुँडिखेलमा उपस्थित हुने कार्यक्रम तय भएको आयोजकले जनाएको छ । कार्यक्रममा अन्य प्रमुख दलका शीर्ष नेताको पनि सहभागिता रहने बताइएको छ ।

गुरुङ समुदायले आजको दिनलाई नयाँ बर्षको शुरुवात भएको दिन मान्दै तमु ल्होसारलाई धुमधामका साथ मनाउने गर्दछन् । उनिहरुले हरेक बर्षको १५ गते तमु ल्होसार मनाउने गर्दछन् ।

तमु प्ये ल्हु संघका लमजुङका अध्यक्ष क्या. मिलबहादुर गुरुङलले ‘ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको बताए । उनका अनुसार गुरुङ जातिको १२ वटा बर्ग चक्रमध्ये यसवर्ष च्य्ह ल्हो अर्थात् चरा बर्गको बिदाई गरी ’खि’ ल्हो अर्थात् कुकुर बर्गको स्वागत गरिँदैछ ।

गुरुङ जातिले हरेक वर्षको पुस १५ गते नयाँ वर्षको रुपमा ल्होसार मनाउँछन् । यस अवसरमा उनिहरु खुसीसाथ सामूहिक भोज, सांस्कृतिक कार्यक्रम एवं नाचगान गरेर मनाउने गर्दछन् । सरकारले हरेक बर्ष ल्होसारको अवसरमा सार्बजनिक विदा समेत दिदै आएको छ ।