सहायकरथी दाहाल फोर्स कमाण्डरमा

सहायकरथी दाहाल फोर्स कमाण्डरमा


नेपाली सेनाका प्रवक्ता सहायकरथी नैनराज दाहाल संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत दक्षिण सुडानमा पश्चिम क्षेत्र फोर्स कमाण्डरको जिम्मेवारी सम्हाल्न केही दिनमै त्यसतर्फ जाने भएका छन ।

नेपाली सेनाका उच्च अधिकृतबाट यस किसिमको शान्ति मिसनको फोर्स कमाण्डरको जिम्मेवारी पाउनु नेपाल र नेपाली सेनाका लागि गौरवको विषय भएको सेनाले जनाएको छ । सहायकरथी दाहालले एक वर्षका लागि सो जिम्मेवारी पाएका हुन् ।

विश्व शान्ति स्थापनार्थ शान्ति सेना पठाउने मुलुकको सूचीमा हाल नेपाल छैटौँ स्थानमा छ । नेपाली सेनाका झण्डै पाँच हजार शान्ति सैनिक अहिले १४ द्वन्द्वरत मुलुकमा परिचालन हँुदै आएका छन् । राससका अनुसार नेपाली सेनाका एक लाख २० हजारभन्दा बढीले विश्व शान्तिका लागि योगदान दिइसकेका छन् ।