मेरिल स्ट्रिप थ्याचरको भूमिकामा

मेरिल स्ट्रिप थ्याचरको भूमिकामा


लण्डन । बेलायती पूर्व प्रधानमन्त्री, मार्गरेट थ्याचरजस्ती देखिनेगरी मोतीको टपहरु र कपालको आकर्षक स्टाइलमा दुईपटक ओस्कार अवार्डबाट सम्मानित भइसकेकी अभिनेत्री मेरिल स्ट्रिपको दाँयातिर छापिएको पहिलो तस्वीर हो । ६२ वर्षीय होलीवूडकी अभिनेत्री अब बेलायती पूर्व प्रधानमन्त्री, मार्गरेट थ्याचर, लौहा महिलाको भूमिकामा चलचित्रका लागि अभिनय गर्नेछिन् ।
चलचित्रको पटकथा लौहा महिलाले शक्तिका लागि व्यक्तिगत कति मुल्या चुकाउनु परेकी थिईन् र १९८२को फोकल्याण्ड युद्धताकाको पृष्ठभूमिलाई केन्द्रित गरेर छायाँकन् गरिँदै छ । चलचित्रको शुटिङ गत महिनादेखि बेलायतका विभिन्न भागहरुमा हुँदैछ । अभिनेत्री मेरिल स्ट्रिपले असली प्रधानमन्त्रिको हाउभाउ र आचरणबारे नजिकबाट अध्ययन गर्दै उब्जेका प्रश्नहरको अनुसन्धान गर्दैछिन् । यस सन्दर्भमा मेरिलले ….इतिहासलाई चिर्दै एक ढिक्का गरेर सफलता हासिल गरेकी यस्तो अनुपम महिलाको भुमिकालाई गर्नुपर्दा मलाई उत्तेजित बन्नुको साथै च्यालेन्जको हिसाबमा यसलाई म लिइरहेकी छु … भनेर उद्धृत गरेकी छिन् । थ्याचरको पतिको भुमिकामा जिम ब्रोडबेन्टले खेल्दै छ । श्रोत – मेट्रो, सुमल, मेस ।