नेपाल र भारतमा आतंक मच्चाउने कुन्दन सिंह भारतीय प्रहरीको हिरासतमा

नेपाल र भारतमा आतंक मच्चाउने कुन्दन सिंह भारतीय प्रहरीको हिरासतमा


नेपाल र भारतमा आतङ्क मच्चाएर आपराधिक कार्यमा कुख्याति कमाएका कुन्दन सिंह भारतमा पक्राउ परेका छन् । भारतीय प्रहरी सुत्रले जनाएअनुसार विशेष सूचनाको आधारमा विहार प्रहरी र झारखण्ड प्रहरीको संयुक्त टोलील विहारको मजक्कपुरस्थित एक गाउँबाट सिंहलाई प्रकाउ गरिएको हो । केही वर्षअगाडि सिंहले मोतीहारीका एक सुन ब्यापारीलाई दिनदहाडै गोली हानी हत्या गरेको आरोप छ भने रक्सौलस्थित एक सुरक्षा क्याम्प अघिल्तिर पनि उनले एक ४७ बन्दुकमार्फत गोली चलाएका थिए ।

श्रोतले दाबी गरेअनुसार सिंह भारतीय कुख्यात अपराधी बब्लु दुबे समुहका सदस्य समेत हुन् । सिंहले नेपालतर्फ बारा र पर्साका उद्योगी–व्यवसायीहरूबाट जबर्जस्ती चन्दा असुल्ने गरेको गुनासो पनि सुनिँदै आएको छ ।

बब्लु दुवेको हत्या भएपछि एकलौटी आपराधिक धन्दा सञ्चालन गर्दै आएका सिंहलाई मोतीहारी प्रहरीको विशेष सुचनाको आधारमा पक्राउ गरिएको बुझिएको छ ।

– अमित सिंह