लजालु युवतीको पहिलो चुम्बनमा नै मृत्यु

लजालु युवतीको पहिलो चुम्बनमा नै मृत्यु


लण्डन । एकजना लजालु किशोरीले आफ्नो ब्वायफ्रेण्डसँग पहिलो चुम्बन गरेपश्चात् ढलेर मृत्यु भएको समाचार प्राप्त भएको छ । १८ वर्षीय, ए लेभेलमा अध्ययनरत् सुन्दरी जेम्मा बेन्जामिन आफ्नो ब्वायफ्रेण्डको फ्ल्याटमा ब्वायफ्रेण्डलाई चुमेको क्षण भरमा विहोश भएर ढल्न पुगेकी थिईन् । २१ वर्षीय डेनीयल रोस आचनक गर्लफ्रेण्ड ढलेको देखेर अत्तालिँदै टे्फोरेस्ट, साउथ वेल्शस्थित आफ्नो घरमा तिनलाई होशमा ल्याउने भरपुर प्रयास गरेका थिए । त्यसपछि उनले ९९९ डायल गर्नुअघि केटीकी आमालाई किशोरीको बारेमा छारे रोगबाट पीडित थिईन् कि भनेर फोन्बाट सोधेका थिए ।
उनीहरु विगत तीनमहिनादेखि डेट गर्दै थिए, तर, त्यस दिन गर्लफ्रेण्डलाई पहिलो चुम्बन गरेका थिए । उनले …..हामी घरको हलभित्र लिभिङ रुमको अगाडिको ढोकाको छेउमा कुरा गर्दै थियौं अनि चुम्बन गर्न पुगेका थियौं.. त्यसपछि जेम्मा सोफामा बस्न पुगिन् …. अचानक तिनले आँखा चिम्लिन थालिन् अनि मुखबाट गाजजस्तो सेतो र्‍याल छोडि्न … भनेर समाचरदाताहरुलाई भनेका छन् ।
हकी खेल मनपराउने, किशोरीकी बुवा, निर्माण व्यावसायी, ३८ वर्षीय ड्याल बेन्जामिनले ….तिनी एकदमै लजालु र सजिलै डराउने खालकी थिईन्.. भनेका छन् । किशोरीकी आमा चारलोट बेन्जामिनले … क्षणभर अघिकी मेरी स्वस्थ्य छोरी अर्को क्षणमा नै मबाट दूर भईन् … भनेर मर्माहत भएकी छिन् । केटीको मृत्युपश्चात् पोस्टमोर्टम रिपोर्टमा कोरोनर पिटर म्याडोक्सले किशोरीको मृत्युको कारण एसएडीएस अर्थात् सडन् एडल्ट डेथ सिन्ड्रोम् भनेर उल्लेख गरेका छन् । श्रोत – द सन, सुमल, मेस ।